टोकियो/जापान। पाल्पा समाज जापानको तेस्रो अधिवेशन आउँदो अक्टोबर ८ तारिख, टोकियोमा हुने भएको छ ।

समाजका अध्यक्ष निरञ्जन गैरेका अनुसार, तेस्रो अधिवेशन टोकियो शिनओकुबोस्थित बारकाडे रेष्टुरेन्टमा गरिनेछ। अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्वसहितको कार्यसमिति गठन गर्नुका साथै भावी कार्ययोजना तथा संस्थागत रणनीतिहरु तय गर्नेछ।

पाल्पा समाज जापानले हालसम्म विभिन्न मानवीय सहयोगसंगै अन्य सामाजिक गतिविधिहरु गर्दै आईरहेको छ ।ऐतिहासिक, प्राकृतिक तथा साँस्कृतिक दष्टिकोणले अत्यन्त महत्वपूर्ण जिल्लाकारुपमा परिचित पाल्पा जिल्लाका विभिन्न ठाउँहरुमा रहेका प्राकृतिक सौन्दर्य तथा पर्यटकीय गन्तब्यहरुको पहिचान गरी जापानमा पनि यथोचित प्रचार-प्रसार गर्ने र पर्यटक भित्र्याउने सन्दर्भमा समाजले ठोस पहल गर्ने लगायतका कार्यक्रमहरुलाई समाजले प्राथमिता दिने बताईएको छ।

पाल्पा जिल्लाबाट जापान आई विभिन्न पेशा, ब्यवसाय, अध्ययन, अनुसन्धान तथा रोजगारीमा संलग्न पाल्पालीहरुलाई एकताबद्ध गराउँदै प्रवासका भईपरिआउने समस्याहरुको संस्थागत तवरले समाधान गर्ने र गृहजिल्लामा पनि सक्दो मानवीय सहयोगका कार्यहरु गर्ने उद्देश्यले पाल्पा समाज जापानको सन २०१६ मा स्थापना भएको हो ।

अध्यक्ष गैरेले अधिवेशनमा उत्साहजनक सहभागिताका लागि जापानमा बसोबास गर्ने सम्पूर्ण पाल्पालीहरुलाई आह्वान गरेका छन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार