भर्खर जापान आउनु भएको हो ? के तपाईलाई खाना रुचि नहुने, अत्यास लाग्ने, निद्रामा समस्या हुने, सहजै खुसी र आनन्दको अनुभव गर्न नसकिने , दिक्क लाग्ने, घरपरिवारलाई सम्झेर रुन मन लाग्ने , भाव विह्वल हुने , डर लाग्ने लगायत समस्या तपाईमा छन् ? नआत्तिनुस् । होम सिक्नेसको समस्या हुन सक्छ । त्यो केहि होईन बिस्तारै ठिक हुन्छ है । होम सिक्नेस भनेको घरबाट टाढा हुँदा हुने चिन्ता र तनावको अनुभूति हो।

यो नया ठांउमा नयाँ साथीसंगत बन्दै गएपछि, काममा व्यस्त हुँदै गएपछि र त्यहाँको वातावरणमा भिज्दै गएपछि आफै ठिक हुन्छ ।नेपाल घरमा बुढा बाबा आमा साना छोरा छोरि वा आफन्तमा दिर्घरोगि कोहि छ र छोडेर प्रदेशिनु परेको छ भने यो समस्याले नराम्रो संग सताउन सक्छ । म सक्छु र गर्छु भन्दै अगाडि बढ्यो भने बिस्तारै समस्या समाधान हुदै जान्छ ।

नयां स्टुडेन्टहरुको बिचमा काम गरिरहदा दैनिक जसो मैले धेरैका कथा ब्यथा सुनिरहेको हुन्छु ।सामान्य समस्यालाई पनि ठुलै समस्या मानेर डराईरहेको देख्छु । कुरा सुन्दा कतै होम सिक्नेस त हैन जस्तो भान हुन्छ । त्यसैले हौसला र मनोबलको लागि यो लेख लेख्दै छु ।

थोरै आफ्नो अनुभव राख्छु । जस्ले तपाईलाई सहयोग पुग्ला । म जापान आउदा सुरु सुरुमा त्यस्तै भएको थियो । ११ महिने छोरो छोडेर बाउ आमा नै संगै प्रदेशिएका थियौ । त्यो बेलाको आफ्नो अनुभव नव आगन्तुकमाझ राख्यो भने मोटिभेट हुन र समस्या बाट बाहिर आउन सजिलो हुन्थ्यो कि । दुई जना संगै हुदा पनि माथिका समस्याले सताईरहने गर्दथ्यो । भाषा छैन । काम पाईदैन । गाक्को मा सेनसेईको सुकुदाई कचकच , नेपालबाट साहुको सिधा फोन , आफन्तको अकस्मात मृत्यु , डवल काम पुलिसको डर, भोक निन्द्रा खानाको डिसव्यालेन्स त्यतिकैमा खुट्टा फ्याक्चर, दुई जनाकै गाक्को फि एक्लैले कमाउनु पर्ने बाध्यता , सेनमोन कता के जस्ता कुराहरुले थिलो थिलो पार्दा थुक्क जिन्दगि भन्ने लाग्थ्यो !

यस्तै समस्या र परिवारको सम्झनाले एकान्तमा बसेर रुन मात्रै । साएद म मात्र थिईन होला सुरुमा यस्तो हुने । सम्झेर ल्याउदा प्रदेसमा दिनानुदिन आत्महत्याका केसहरु बढ्नुका कारणमा होम सिक्नेस पनि एक हो कि जस्तो लाग्छ।

यो माथि भन्न खोजेको के भन्दा सुरुमा प्रदेशिय पछि जस्ता पनि समस्या आईपर्न सक्छन् त्यसैले आत्तिनु हुदैन । परिस्थिति जस्तो भए पनि मनस्थिति बदलिनु हुदैन । सबै समस्या समाधान हुदै जानेछन् । निन्द्रा खाना पढाई र काम लाई ब्यालेन्समा मिलाएर लैजान सक्नु भयो भने तपाईका सबै समस्या समाधान हुदै जान्छन् ।

वर्षौंदेखि परिवार संगै मान्दै आएको दशैं तिहार जस्तो चाडपर्व नजिकिदै जादां पुराना सम्झना मनमा रहिरहेको हुन्छ । अब पिरदेशिए पछि त त्यो चाडपर्वको बेला पनि ड्युटि वा कलेज जानै पर्ने हुन्छ । यो समयमा आफन्त संग नजिक हुन नपाउदा झन बढि पिडा हुन सक्छ । त्यसैले आफुलाई मानसिक तवरले स्वस्थ र बलियो राख्नको लागि मन भित्रका समस्या हरु परिवारलाई प्रष्ट भन्ने गर्नुस् । आफ्ना नजिकका साथिभाईसंग आफ्ना समस्या राख्न सक्यो भने पनि समस्या कम हुन सक्छ ।
अत आफ्नो अनुभव परिवारलाई बताउने , आफ्नो दैनिकि राम्रो बनाउने समयमा खाना खाने, निन्द्रा पुग्ने गरि सुत्ने , व्यायाम गर्ने, नयाँ ठाउँमा घुम्ने साथि बनाउने खुलेर बोल्ने गर्न सक्यो होमसिक्नेस बाट छुटकारा पाईने छ ।

र अन्त्यमा होम सिक्नेसबाट तपाई पनि समस्यामा हुनुहुन्छ ! मैले सुरुमा राखेका समस्या हरु छन् समाधानको लागि मोटिभेट गर्ने मान्छे कोहि पाउनु भएन र टोकियो आसपास मै हुनुहुन्छ भने सम्झनु होला । आफुले जापान आएपछि सुरुमा भोगेका अनुभव सहित मैले जानेको कुरा सिकाउने छु ।
यो केहि होईन सव ठिक हुन्छ । आत्तिनु डराउनु पर्दैन ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार