टोकियो/जापान। एप्पल कम्पनीले आफ्ना नयाँ उत्पादन लञ्च गर्ने समयमा नयाँ उत्पादनप्रति ग्राहकहरूको चासो पनि उत्तिकै रहने गरेको छ । जापान एप्पल कम्पनीका उत्पादनहरुको अत्याधिक ठूलो बजार हो ।

अबको केहि दिनमा एप्पलले आइफोन मोबाइलको को नयाँ सिरिज ‘आईफोन १५, आईफोन १५ प्लस, आईफोन १५ प्रो र आईफोन १५ प्रो म्याक्स’ गरि ४ वटा मोडेल सार्वजनिक गर्दै छ । यी फोनहरूका बारेमा विश्व बजार प्रतिक्षामा छ । कम्पनीले एक कार्यक्रमको आयोजना गरि आइफोन १५ सार्वजनिक गर्ने तयारी गरेको छ ।

एप्पलले सेप्टेम्बर १२(जापानी समय अनुसार सेप्टेम्बर १३ बिहान २ बजे)आधिकारिक रुपमा यी सिरिजहरू सार्वजनिक गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा उल्लेख छ ।  आईफोन १४ मा ब्याट्री हेल्थ चाँडै घटेको भन्ने प्रयोगकर्ताहरुको गुनासोलाई एप्पलले विशेष सतर्कता अपनाएर आइफोन १५ का मोडेलहरु बनाएको रिपोर्टहरुमा उल्लेख छ ।

आइफोनले नयाँ सिरिजमा विशेष गरेर चार्जिङका लागि टाइप–सी पोर्ट उपलब्ध गराउने भएको छ र यसले ३५ वाटसम्मको फास्ट चार्जिङ सपोर्ट गर्ने छ । यस्तै अर्को फिचरमा आइफोन १५ प्रो र १५ प्रो म्याक्समा टाइटानियम बडीलाई हटाएर स्टेनलेस स्टिल रहने छ भने डिस्प्ले बेजल १.५५ एमएममा आउने छ । सुधारिएका नयाँ सेन्सरहरूसहित पछिल्लो भागमा ट्रिपल क्यामेरा रहने छ भने आइफोन १५ प्रो म्याक्समा पेरिस्कोप टेलिफोटो लेन्सको प्रयोग गरिएको हुनेछ। आईफोन १४ को १२ मेगापिक्सेल को क्यामेरा सेन्सर अपग्रेड भएर आईफोन १५ मा ४८ मेगापिक्सेलको रहने छ । जुन, फोटोग्राफीमा रमाउनेहरुका लागी उत्कृष्ट परिवर्तन ठहरिने छ । आइफोनले सेल्फी क्यामेरा भने १२ मेगापिक्सेलको हुने जनाइएको छ । आईफोन १५ मा ६.१ ईन्च लिक्विड रेटिना डिस्प्ले राखिएको हुनेछ जुन प्रयोगकर्ताहरुले आईफोन १४ मा पनि प्रयोग गर्दै आएका थिए ।

आइफोनको १५ प्रो र १५ प्रो म्याक्समा नयाँ प्रोसेसर ए–१७ बायोनिक चिप तथा आइफोन १५ र १५ प्लसमा ए–१६ बायोनिक चिपसेट प्रयोग गरिएको हुने छ, जुन १४ प्रो र प्रो म्याक्समा यसअघि नै प्रयोगकर्ताले अनुभव गरिसकेका छन् । आइफोनको यस १५ औं सिरिजमा केही प्रयोग गरिएका हार्डवेयर अपग्रेड गरेर राखिने र त्यसको तौल अघिल्ला मोडेलहरूको तुलनामा ८ प्रतिशतसम्म घट्न सक्ने अनुमान गरिएको छ ।

आइफानेका नयाँ सिरिजहरूमा र्याम ६ देखि ८ जीबीको रहने बताइएको छ भने विभिन्न रङहरूमा उपलब्ध हुने छ । आइफोन १५ र १५ प्लसमा मिडनाइट ब्ल्याक, स्टारलाइट ह्वाइट, रेड, लाइट ब्लु र लाइट पिङ्क तथा १५ प्रो एवं प्रो म्याक्समा टाइटन ग्रे, डार्क ब्लु, सिल्भर र स्पेस ब्ल्याक कलरमा पाइने छ ।  आइफोन १५का सिरिजहरूमा डाटा ट्रान्सफरको स्पिड तिव्र हुने पनि जनाइएको छ । कम्पनीले आईफोन १५ सिरिजसँगै नयाँ संस्करणका आईप्याड, म्याक, वेयरेबल र विभिन्न सर्भिस सार्वजनिक गर्ने बताइएको छ ।

यद्यपी,यि सबै अनुमान तथा आँकलन र केहि स-सना चुहावट भएका सुचनाका आधारमा तयार पारिएको सामग्री हो। एप्पलको वास्तविक जानकारी एप्पल ईभेन्ट आयोजना हुनुअघि सबै कुरा गोप्य हुने गर्दछ। त्यसले वास्तविकता जान्न भने जापानबासीहरुले १३ तारिखसम्म प्रतिक्षा गर्नुपर्नेछ।

आईफोन १५ सार्वजनिक हुन अब एक साता मात्रै बाँकी,यि २ परिवर्तनले १५ प्रो र प्रोम्याक्स महंगो हुनेछन्


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार