टोकियो/जापान। नयाँ “आईफोन शृङ्खला” अन्ततः एप्पलको “वन्डरलस्ट” कार्यक्रममा घोषणा गरिनेछ । जापानको समय अनुसार सेप्टेम्बर १३ बिहान २ बजे जे सुरु हुनेछ।
आईफोन १५ प्रो मा, ४ देखि ६ गुणाको अप्टिकल पावरको साथ सुधारिएको टेलिफोटो लेन्स सहित, र हल्का तौल, उच्च-शक्तिको टाइटेनियम मिश्र धातुको प्रयोग सहित, कार्यक्षमतामा बृद्धि हुने अपेक्षा गरिएको छ ।
अहिले येनको भाउ घटिरहेको समयमा , मूल्य सबैको चासोको विषय बनेको छ।किनकि,कमजोर येनका कारण आयातित उत्पादनहरूको मूल्य बढ्नेक्रम जारी छ । अहिलेको बजार भाउ हेर्ने हो भने मूल्य वृद्धि अपरिहार्य छ।
आईफोन १५ श्रृंखला” को मूल्य कति हुनेछ त ?
यसपालीको मूल्य अनुमान गर्न अघिल्लो वर्षको आईफोन १४ को मूल्यसंग तुलना गरौँ । हालको मोडेल “आईफोन १४ श्रृंखला” मा, सस्तो “आईफोन १४” ११९,८०० येन मा सुरु भएको थियो । , र सबैभन्दा महँगो “आईफोन १४” १,६४,८०० येन मा सुरु भएको थियो। त्यस समय आईफोनको मूल्य मूख्य देश (US) मूल्य $७९९ र $१०९९ कायम गरिएको थियो। आईफोन १४ जारी हुँदा जापानी येनको बिनिमयदर प्रति १ डलर बराबर १४९ देखि १५० को हाराहारीमा थियो ।
यस पटक प्रारम्भिकरुपमा बाहिरिएका केहि सुचनाहरुलाई आधार मान्ने हो भने अमेरिकामा आईफोन १५ सेरिजको मूल्य बढ्नेछैन। त्यसैले डलरमै किन्नेहरुका लागि १४ र १५ मा त्यति साह्रो मूल्यले प्रभाव पार्नेछैन । तर जापानमा भने यस वर्षपनि जापानी निरन्तर कमजोर भइसरहेको छ। यसले भने आयातित वस्तुलाई महंगो बनाउनेछ।
यदि अमेरिकामा आईफोनको उल्लेख्य मूल्यवृद्धि नभए,
iPhone15 —$799 – 121,920¥
iPhone15 Plus -$899 -137,179¥
iPhone15 प्रो -$999 -152,438 ¥
iPhone15 Pro MAX-$ 1,099- 167,697¥
कायम हुनेछ।
तर,आईफोन १५ को प्रो र प्रोम्याक्समा प्रयोग गरिएको नयाँ प्रविधि तथा मटेरियलहरुका कारण अमेरिकी बजारमै पनि पनि १०० डलरसम्म मूल्य वृद्धि हुनसक्ने अन्य आँकलनहरु पनि रहेको छ। यदि त्यसो भएमा,जापानी बजारमा आईपुग्दा कम्तिमा २ लाख येनभन्दा बढि मूल्य पर्नेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




