टोकियो/जापान। एप्पलले जापानको समय अनुसार सेप्टेम्बर १३ तारिख बिहान २:०० बजे आयोजित प्रतिक्षित एप्पल ईभेन्ट मार्फत आईफोन १५ सेरिजका ४ वटा स्मार्टफोनहरु सार्वजनिक गरेको छ । ति फोनहरु यहि सेप्टेम्बर १५ देखि प्रिअर्डरहरू सुरु भइ,सेप्टेम्बर २२ तारिखबाट बिक्री सुरु हुनेछ।

१२८ जिबी भण्डारण क्षमता भएको आईफोन १५ मोडेलको न्युनतम मूल्य १२४,८०० येन( $799 )पर्नेछ। र सबैभन्दा महँगो १ ट्रेटाबाईट भण्डारण क्षमता भएको आईफोन प्रोम्याक्सको मूल्य २,४९,८०० 249,800 येन ($ 1,599) पर्नेछ। कमजोर येनको कारणले गर्दा, अघिल्लो मोडेल १४ सेरिजको तुलनामा मूल्य करिब १० हजार येन सम्म बढेको छ।

आईफोन १५ तथा १५ प्वसको जापानी मूल्य १४ शृङ्खला घोषणा भएदेखि प्रत्येक वर्ष ५,००० येनले बढेको छ।यस पटक आइफोन १५ सेरिजमा- १२८ जिबी मोडेलको मूल्य १,२४,८०० येन, २५६ जिबी मोडेलको मूल्य १,३९,८०० येन र ५१२ जिबी मोडेलको मूल्य १,६९,८०० येन कायम भएको छ। १५ प्लसको १२८ जिबी मोडेलको लागि १,३९,८०० येन, २५६ जिबी मोडेलको लागि १,५४,८०० येन र ५१२ जिबी मोडेलको लागि १,८४,८०० येन मूल्य निर्धारण गरिएको छ।यि माथिका दुबै मूल्य, विनिमय दर डलरको लागि १३९ येन वरपर हुनेआँकलनका साथ तय गरिएका हुन् ।

यसैगरि,आईफोन १५ प्रो र प्रोम्याक्सको जापानी मूल्य,अघिल्लो वर्ष सार्वजनिक भएको १४ सेरिजको भन्दा १० हजार येनले बढेको छ। १५ प्रो को १२८ जिबी मोडेलको लागि १,५९,८०० येन, २५६ जिबी मोडेलको लागि १,७४,८०० येन, ५१२ जिबी मोडेलको लागि २,०४,८०० येन, र १ ट्रेटा बाईट मोडेलको लागि २,३४,८००येन मूल्य निर्धारण गरिएको छ। यस्तै गरि,१५ प्रो म्याक्सको २५६ जिबी मोडेलको लागि १,८९,८०० येन,५१२ जिबी मोडलको लागि २,१९,८०० येन र १ ट्रेटाबाईट मोडेलको लागि २,४९,८०० येन मूल्य कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




