काठमाडौं । सोमबारदेखि उपलब्ध भएको आईओएस १७ अपडेट इन्स्टल गर्ने प्रयोगकर्ताको आईफोनमा चाँडै ब्याट्री सकिने समस्या देखिएको छ । अपडेट इन्स्टल गरेका प्रयोगकर्ताले सामाजिक सञ्जालमा पोस्ट राख्दै ब्याट्री घट्न थालेको गुनासो गरेका छन् ।
“आईओएस १७ ले कसैको ब्याट्रीमा समस्या निम्त्याएको छ कि ?,” एक्सका एक प्रयोगकर्ताले लेखेका छन्, “आईओएस १७ का कारण ब्याट्री लाइफ खत्तम भएको छ ।”
त्यस्तै अन्य प्रयोगकर्ताले पनि पहिलेको तुलनामा ब्याट्री निकै छिटो घट्न थालेको गुनासो गरेका छन् । आईओएस १७ का आकर्षक फिचर प्रयोग गर्न उत्साहित भएर अपडेट इन्सटल गरेको भए पनि ब्याट्री छिट्टै रित्तिनै समस्याले दिक्क बनाएको उनीहरूको गुनासो छ ।
“जे कारणले म आईओएस १७ अपडेट इन्स्टल गर्न डराएको थिएँ, आखिर त्यही भयो,” अर्का एक प्रयोगकर्ताले लेखेका छन्।
आईओएस १७ सोमबार रातिदेखि सम्पूर्ण प्रयोगकर्ताका लागि उपलब्ध गराइएको थियो । म्याक, क्यामेरा एप, फोटोज, फेसटाइम तथा किबोर्डमा ल्याएका विभिन्न फिचरले प्रयोगकर्ताहरू आईओएस १७ इन्स्टल गर्न उत्साहित थिए ।
अर्का एक प्रयोगकर्ताले लेखेका छन्, “आईओएस १७ मा अपग्रेड गर्नासाथ ब्याट्री एक्कासि घट्न थाल्यो ।”
एप्पल सपोर्ट र एप्पललाई मेन्सन गर्दै प्रयोगकर्ताले आफ्नो गुनासो राख्न थालेका छन् । अन्य केही प्रयोगकर्ताले फोन तात्ने समस्या आएको भन्दै गुनासो पोखेका छन् भने केहीले डिभाइस स्लो भएको बताएका छन् ।
त्यस्तै आईओएस १७ का केही फिचरहरू जस्तै; अटोकरेक्ट पनि दिक्कलाग्दो भएको प्रयोगकर्ताले प्रतिक्रिया दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




