जापानमा एउटा धर्म प्रचार गर्ने समुह छ, जसले कोठा सर्दा, एअरपोर्ट आउदा जाँदा कहिले काहि घुम्न जाँदा गाडि उपलव्ध गराएर सहयोग गर्छ। जसको बदलामा सहयोग लिने व्यक्ती २०/२५ मिनेट उनीहरुले लिएर जाने मन्दिरमा गई प्रार्थना गरिदिनु पर्ने हुन्छ ।

ति व्यक्तीहरु आफ्नो धर्ममा लागुन् भन्ने त होला तर उनीहरु पनि यी विदेशीहरु सहयोग मात्र लिन खोजेका हुन भन्ने विषयमा स्पष्ट छन् र धेरै अपेक्षा गर्दैनन् । उनीहरु केवल मन्दिरमा पुर्याएर टाउको गन्ने, दर्ता गर्ने कुराले नै खुशी हुन्छन् । यस्ता होरेङ्गे पण्डितहरुको टार्गेटमा हामी नेपालीहरु जस्ता हिन्दु/बुद्ध धर्मका अनुयायी या भेतनाम, म्यानमार, श्रीलंका जस्ता देशका विद्यार्थीहरु हुने गर्छन् । सुरुसुरुमा बुद्ध धर्म नै हो भनेर झुक्याउने र बिस्तारै उनिहरुसंग नजिक हुदै गएपछि फरक रहेको कुरा गर्दै जान्छन् । त्यस पछाडिको आर्थिक कारोवार हुन्छ हुदैन भन्ने चाहि मलाई थाहा भएन ।

त्यसै गरि एनआरएनए (NRNA)जस्ता संघ संस्थाको अधिवेशन ताका केहि अमुक राजनैतिक पार्टिका होरेङ्गे पण्डितहरु सक्रिय हुन्छन र निर्वाचनमा सहयोग गर्ने लालसा देखाई उमेद्वारहरुलाई पार्टि प्रवेश गर्ने कागज बनाउने गर्छन् । उमेद्धवारहरु त सहयोगको आशामा या चुनाव हारिने डरले जो संग जस्तो संझौता गर्न पनि पछि पर्दैनन् होला ।तर ति पण्डितहरु कुनै पार्टिका जिम्मेवार पदमा पनी होलान् तिनीहरुले के सोचेर यस्ता कागजात गराउछन् होला ? यसपटकको निर्वाचनमा उनिहरुलाई कागज गर्ने व्यक्तीले अर्को निर्वाचनमा अर्को पार्टि संग संझौता गर्दैनन् होला त ? यदि पार्टि प्रवेश नै गरे भनेपनी त्यो व्यक्ती कस्तो कार्यकर्ता बन्ला ? न सिद्धान्त बुझेको छ, न पार्टिको ईतिहास थाहा छ, न पार्टिले गरेका योगदान संघर्ष जानेको हुन्छ । केवल टाउको गन्नैका लागी गरिएको कागजात मात्रले कार्यकर्ता बन्न प्रयाप्त छ त ? उनिहरुका स्वार्थका लागी गरिएको कागजातले पार्टिलाई हित गर्ला त ? के यस्ता कार्यकर्ता नेतृत्व लेवलमा पुगे भने देश र जनताका लागी केहि सोच्लान त ?

पर्चि कटाउदैमा, सहि छाप लगाउदैमा हरेक पार्टिमा रहेका दर्शनका ठेलीहरुलाई मिल्काईदिए हुने हो त ? राजनैतिक पार्टिहरु तिर बढिरहेको बितृष्णा भनौ या राजनैतिक पार्टिलाई गरिने घृणा बढिरहनुको कारक यो पनी होईन होला त ?
चाहे जुनसुकै पार्टिका किन नहुन कांग्रेस, एमाले, माओवादी यस्ता होरेङ्गे पण्डितहरुले यती जनालाई पार्टि प्रवेश गराए भन्ने आफ्नो बायोडाटा भन्दा पार्टी या समाजको लागी सहि काम गरेत ?


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार