जापान। हालै जापानको खागावा प्रिफेक्चरको सोदोसिमामा जापानको सबैभन्दा ठूलो फर्सी प्रतियोगिता सम्पन्न भएको छ।
उक्त फर्सी प्रतियोगितामा सहभागीहरूले सयौं किलोग्राम तौलको सबैभन्दा ठूलो फर्सी कसले उत्पादन गर्न सक्दछ भनेर प्रतिस्पर्धागर्दछन् । यो प्रतियोगिता हरेक वर्ष खागावा प्रिफेक्चरको तोनोसो सहरमा आयोजना गरिन्छ । जापानमा यो फर्सी प्रतियोगिता सुरु भएको ३७ वर्ष पुगेको छ।

प्रतियोगितामा खागावा, यामानासी र नागानो प्रिफेक्चर सहित देशभरबाट ४६ वटा विशाल फर्सीहरु ल्याइएको थियो । सहभागीहरुले आ-आफ्ना फर्सीहरुको तौलका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिता ल्याइएका फर्सीहरु यति ठूला थिएकी,तिनीहरुलाई फोर्कलिफ्ट प्रयोग गरेर तौल लिने उपकरण राखिएका थिए ।यस पटक ५०५.७ केजी तौल र ४१९ सेन्टिमिट परिधी भएको विशाल फर्सी विजयी भयो । त्यो सबैभन्दा ठूलो फर्सी ह्योगो प्रिफेक्चरको सहरमा उत्पादन गरिएको थियो।

सबैभन्दा ठूलो फर्सी उत्पादन गर्न सफल,हासीमोतो नामका कृषकको यो नवौं पटक प्रदर्शनी थियो। लगातार ९ वर्षको प्रयासमा उनि र उनको फर्सी विजेता बन्न सफल भएको हो।जापानमा विजेता बनेका हाशिमोतोले अर्को महिना संयुक्त राज्य अमेरिकाको पश्चिमीतटमा हुने विश्व च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




