आईफोनको पछिल्लो सिरिज आईफोन १५ मा आएको सबैभन्दा महत्त्वपूर्ण परिवर्तन हो, लाइटनिङ पोर्टको ठाउँमा यूएसबी-सी । यद्यपि गत हप्तादेखि उक्त सिरिजका फोनहरू औपचारिक रूपमा एप्पल स्टोरमा उपलब्ध हुन थालेका छन् ।
तर धेरैको मनमा एउटा प्रश्न भने अझै बाँकी नै छः के पुराना यूएसबी-सी केबुल नयाँ फ्ल्यागशिप लाइनअपमा काम गर्छ ? एप्पलले चार्जिङ, सिंकिङ डेटा र भिडिओ तथा अडियो प्ले गर्न प्रयोग हुने विश्वव्यापी मापदण्ड यूएसबी-सी प्रयोगमा ल्याएको हो ।
कम्पनी स्वयम्ले समेत यूएसबी-सी स्ट्यान्डर्डमा बनेका यूएसबी-सी केबुल र पावर एडप्टरको माध्यमबाट आईफोन चार्ज गर्न सकिने उल्लेख गरेको छ । “यस्ता केबुल तथा पावर एडप्टर एप्पल र अन्य निर्माताहरूबाट उल्लेख्य रूपमा उपलब्ध छन्,” एप्पलले भनेको छ ।
जसअनुसार अन्य यूएसबी-सी केबुल समेत आईफोन १५ सिरिजका स्मार्टफोनमा प्रयोग गर्न सकिन्छ । यस हिसाबले तपाईंका लागि आईफोन १५ मा एप्पलले नै बनाएको केबुल चाहिन्छ भन्ने छैन ।
गत हप्ता आईफोन १५ सार्वजनिक हुनु अघिसम्म आईफोन १५ सिरिजको कनेक्टिभिटी फिचर सम्बन्धी एउटा विषय निकै चर्चित बनेको थियो । उक्त हल्ला अनुसार एप्पलले प्रयोगकर्तालाई थर्ड पार्टी यूएसबी-सी केबुल प्रयोग गर्न नदिने बताइएको थियो ।
कम्पनीले आफ्ना प्रयोगकर्तालाई केवल एप्पलबाट निर्मित एक्सेसरिज मात्र खरिद गर्न भन्दै सक्रिय पूर्वक प्रोत्साहन गर्दा त्यस्ता हल्लाहरूलाई बल पुगेको थियो । एप्पल इन्साइडरका अनुसार पहिलेदेखि नै तपाईंको साथमा रहेका अधिकांश यूएसबी-सी एक्सेसरिजले आईफोन १५ मा विभिन्न उपकरण जोड्न जोड्न सकिन्छ ।
उदाहरणका लागि फुटेज तान्नका लागि तपाईंले क्यामेरा कनेक्ट गर्न सक्नु हुन्छ, राम्रो गुणस्तरको अडियोको लागि माइक्रोफोन जोड्न सक्नु हुन्छ । यति मात्र नभएर तारयुक्त गेमिङ कन्ट्रोलर, डिस्प्ले, स्टोरेज डिभाइस, तारयुक्त हेडफोन, सवारी साधनमा हुने कारप्ले, इथरनेट एडप्टर, कार्ड रिडर जस्ता उपकरण समेत यूएसबी केबुलको माध्यमबाट आईफोन १५ मा जोड्न सकिन्छ ।
आईफोन १५ र १५ प्लसमा ४८० एमबीपीएस डेटा ट्रान्सफर गर्नसक्ने यूएसबी २.० टाइपसी पोर्ट राखिएको छ । त्यस्तै आईफोन १५ प्रो र १५ प्रो म्याक्समा १० जीबीपीएस क्षमताको यूएसबी ३.२ जेन २ टाइप-सी पोर्ट दिइएको छ । यी सबै मोडेलमा २० वाटको फास्ट चार्ज सपोर्ट गर्ने क्षमता छ, अझ यूएसबी पीडी एडप्टरमार्फत त झन् २७ वाटसम्म रहेको छ ।
यस हिसाबले आईफोन प्रयोगकर्ताले । लाइटनिङ र यूएसबी-सीबीच त्यतिधेरै उपयोगिताको भिन्नता पाउने छैनन् । पोर्ट फरक आकारको भए पनि त्यसको क्षमता भने लगभग उस्ताउस्तै छ । प्रो मोडेलमा रहेको यूएसबी ३.३ जेन २ ले भने डेटा ट्रान्सफर स्पिडलाई बढाएको छ । उदाहरणको लागि यो पोर्टले ६० हर्जको फोरके प्रोरेस भिडिओ सोझै एक्स्टर्नल एसएसडीमा रेकर्ड गर्न सक्छ ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




