टोकियो/जापान। आईफोन १५ ‘ड्युर्याबिलिटी टेस्ट’ (टिकाउ परीक्षण) मा असफल भएको छ । युट्युबर जेर्री रिगले गरेको परीक्षणमा आईफोन १५ प्रो म्याक्स असफल भएको हो ।
आईफोन १५ दशककै सबभन्दा कमजोर फोन भएको यट्युबर रिगको परीक्षणबाट देखिएको छ । त्यसअघि सन् २०१४ मा एप्पलकै आईफोन सिक्स ड्युराबिलिटी टेस्टमा असफल भएको थियो ।
यसो त कम्पनीले आईफोन १५ अहिलेसम्मकै सबैभन्दा बलियो र टिकाउ फोन भएको प्रचार गरेको छ । कम्पनीका अनुसार आईफोन १५ प्रो र प्रो म्याक्समा शक्तिशाली धातु टाइटनियम प्रयोग भएको छ । जुन ७००० ग्रेड आल्मुनियमभन्दा निकै शक्तिशाली र टिकाउ भएको एप्पलको दाबी छ ।
जति बलियो छ भने पनि युट्युबर रिगले गरेको परीक्षणमा आईफोन १५ अन्य डिभाइसको तुलनामा निकै कमजोर सावित भयो ।सबैभन्दा पहिले रिगले धारिलो चक्कुले आईफोन १५ प्रो म्याक्समा स्क्र्याच टेस्ट गरे । एप्पलले आईफोन १५ मा शक्तिशाली डिस्प्ले दिएको दाबी गरिरहँदा रिगले स्क्रिनको स्क्र्याच परीक्षण गरे । त्यसमा सातौं पटकमा स्क्रिनमा स्क्र्याच देखियो ।
त्यसपछि उनले सो फोनको डाइनामिक आइल्यान्डको क्यामेरामा पनि त्यही स्क्रिन भएको भन्दै परीक्षण गरेनन् । र सोझै चक्कुले एयरपिस परीक्षण गरे । चक्कुको ताकतले एयरपिस ग्लास र टाइटानियम साइडबाट उक्किएन ।
यति गरेपछि रिगले टाइटानियम साइडमा स्क्र्याच गरे । टाइटानियम साइडमा एप्पलले पीभीडी कोटिङ गरेको जनाएको छ । सो कोटिङ निस्किन्छ वा निस्किँदैन भन्ने परीक्षण गर्न रिगले चक्कुले कोतारे । पीभीडी एक सेकेन्ड पनि अडेन । चक्कुको धार गएको सबै ठाउँबाट पीभीडी निस्कियो । त्यसमा भएको भोल्युम, लक तथा एक्सन बटन सबै स्क्र्याच भए ।
तर पछाडिको ग्लास भने अरू आईफोन डिभाइसजस्तै स्क्र्याच भएन । यति गरेपछि उनले क्यामेराको स्क्र्याच परीक्षण गर्न थाले । क्यामेराको लेन्समा पनि कुनै स्क्र्याच भएन ।
स्क्र्याच परीक्षण सकिएपछि फायर टेस्ट (आगोको तापमा गरिने परीक्षण) गरे । लाइटर बाली त्यसको फ्लेम आईफोन स्क्रिनमा तेर्साए । ३० सेकेन्डसम्म लाइटर बाल्दा पनि स्क्रिनमा कुनै समस्या देखिएन ।
यति गरेपछि रिगले ‘बेन्डिङ टेस्ट’ अर्थात् फोन बाङ्गिन्छ वा बाङ्गिँदैन भनेर परीक्षण सुरु गरे । फोन दुई ओटा हातमा लिएर पछाडि ग्लासमा दुई ओटा बुढी औंला र अगाडि डिस्प्लेमा बाँकी औंला राखेर हल्का के ढल्काएका थिए, ग्लास टुट्यो ।
“तपाईंले मलाई ११ वर्षदेखि स्मार्टफोनको ड्युर्याबिलिटी टेस्ट गरिरहेको देखिरहनु भएको थियो,” रिगले भिडिओमा भनेका छन्, “तर अहिलेसम्म अधिकांश फोन टुटेका थिएनन् । यो अहिलेसम्मकै सबैभन्दा कमजोर फोन रहेको पाएँ ।”
उनी टाइटानियम साइडबाट प्रभावित भए पनि ग्लासबाट भने प्रभावित हुन सकेनन् । उनले अगाडि भने, “यदि मैले प्रयोग गर्नका लागि १२०० डलरमा यो फोन खरिद गरेको भए म निकै नर्भस हुने थिएँ ।”
उनले आईफोन १५ ले आफ्नो ड्युराबिलिटी टेस्ट उत्तीर्ण गर्न नसकेको निष्कर्ष निकालेका छन् । उनका अनुसार टाइटानियमले ठूलो लाइटरको आगोको ज्वाला सहन सके पनि डिस्प्लेले भने सकेन ।
हेर्नुहोस् परिक्षणको भिडियो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




