टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक उप-संयोजक पदमा आगामी कार्यकाल (२०२३-०२५)को लागि व्यवसायी तथा समाजसेवी दिपक केसीले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

जापानका सक्रिय एनआरएनए अभियन्ता केसीले एनआरएनए एसिया प्यासिफिक उप-संयोजक (डीआरसी) पदको लागि जापानबाट उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

जापानको नागोयालाई कर्म क्षेत्र बनाउँदै आएका व्यवसायी केसीले जापानका विभिन्न क्षेत्रमा विविध कठिनाईमा परेका नेपालीहरुको सहयोगमा संधै उदार हृदयले जुट्दै आएका छन् । खासगरि नागोया तथा त्यस आसपासका प्रिफेक्चरहरुमा बसोबास गर्ने नेपाली समुदायमा भइपरि आउने हरेक समस्याहरुमा दिपक अग्रभागमा रहेर सहयोग गर्ने गरेका छन् ।
एनआरएनए जापान नागोया क्षेत्रको संयोजक हुदै राष्ट्रिय समन्वय समिति जापानको उपाध्यक्षमा सबैभन्दा बढी मत सहित जिम्मेवारी सम्हालेका केसी हाल एनआरएनए आईसीसी सदस्य पदमा क्रियाशिल छन् ।
केसी,मोना जापानको पूर्वअध्यक्ष, हाल मोना एसीया संयोजक, जापान रोटरी सद्स्य तथा जापानको एक दर्जन संघ-संस्थाको संरक्षक, सल्लाहकारको भूमिकामा रहेका छन्।

गैरआवासीय नेपालीकोहरुको अधिकार र व्यवसायिक क्षेत्रमा पनि सफल रहँदै आएका केसीले नेपालीका लागि नेपाली भन्ने नारालाई सार्थक बनाउने प्रतिवद्घता सहित एनआरएनए एसिया प्यासिफिक उप-संयोजक पदको नेतृत्वमा आउन लागेको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार