टोकियो/जापान। जापानबाट दिपक कँडेलले,गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजकमा पुनः उम्मेदवारी दिने घोषणा गरेका छन् ।
सन् २०१५ मा एनसिसि जापानको सदस्यका रूपमा गैरआवासीय नेपाली संघको अभियानमा संलग्न भएका कँडेलले दुई कार्यकाल सदस्य र त्यस पश्चात सन २०१९- २१ मा एसिया प्यासिफिक क्षेत्रीय समितिको युवा संयोजक र हाल एसिया प्यासिफिक क्षेत्रका उप संयोजकको जिम्मेवारी सम्हालिरहेका छन्।
एनआरएनएमा तहगत समन्वयात्मक सहकार्यसहित युवा सहभागिता, सबैको अपनत्व भएको प्रविधि मैत्री, दोश्रो पुस्ता समावेश एनआरएनए आजको आवश्यकतालाई कार्यान्वयन गर्नका लागि स्पष्ट योजना र कार्यक्रमसहित पुनः उपसंयोजक पदमा उम्मेदवारी दिएको कँडेलको भनाई छ। साथै हालको जिम्मेवारीमा रहँदै गर्दा आफुले पाएको जिम्मेवारी सफलता साथ पुरा गरेकोले एसिया प्यासिफिकका डेलिगेट्सहरूले पूर्ण भरोसाका साथ मत दिनेमा विश्वस्त रहेको बताउँछन् ।
कँडेलले एशिया प्यासिफिकको युवा संयोजक हुदा प्रवासी नेपालीको दोस्रो र तेस्रो पुस्तालाई नेपालसंग जोड्ने कड़ीको रूपमा रहेको एनआरएनए ग्लोबल वक्तृत्वकला प्रतियोगिता आफ्नै संयोजकत्वमा सफलता साथ सम्पन्न गरेका थिए ।
कँडेलले आफ्नो विगतका कामहरुको स्मरण गर्दै भने- “नयाँ पुस्ताका कलिला किशोरकिशोरीहरुबाट सुरु गरेको पहिलो वक्तृत्वकला प्रतिस्पर्धामा सहभागीहरुको प्रस्तुति सुन्दा र हेर्दा हामीले नै डाहा गर्नुपर्ने अवस्था आईसकेको रहेछ। हामीले नयाँ पुस्तालाई नेपाल र नेपाली अनि नेपालीका लागि नेपाली भन्ने नाराको अर्थ तथा एनआरएनएमा नसमेटने यस्ता कार्यक्रमले उत्प्रेरित गर्ने भएकोले यस्तै कार्यक्रमलाई नियमितता दिनका लागि यस पटक पुन सोहि पदमा उम्मेद्वारी दिएको हुँ ।”
संस्थालाई पारदर्शिता, गतिशील र व्यवस्थित बनाउन आफ्नो क्षमतालाई उपयोग गर्नका लागि एनआरएनएको अभियानमा रहिरहन पदीय जिम्मेवारी आवश्यक भएको भन्दै आफ्नो उम्मेदवारी फगत पद र प्रतिष्ठाको लागि मात्र नभएर एनआरएनएको संस्थागत सुदृढीकरणका लागि भएको कँडेलको दाबी छ।
प्रवासी नेपाली समुदायका गतिविधिहरुलाई सामाजिक कर्म मार्फत नजिकबाट नियाले कँडेलले प्रवासी नेपालीहरूको शारीरिक र मानसिक स्वास्थ्य सचेतनालाई ध्यानमा राखेर भौतिक र भर्चुअल रूपमा सचेतनामूलक कार्यक्रम गर्ने लगायत योजना पनि लिएर आएका छन् । उनि एनआरएनएका अलवा बिँहुकोट समाज जापानको वरिष्ठ उपाध्यक्ष समेतको जिम्मेवारीमा छन् भने व्यवसायसंगै अन्य सामाजीक कार्यमा पनि सक्रिय रहँदै आएका छन् ।
मृदुभाषी,सरल व्यवहार र स्वच्च आचरणका कारण एनआरएनए अभियानमै फरक पहिचान बनाउन सफल कँडेल एनआरएनएको एक सकारात्मक सम्भावना बोकेको अभियन्ताका रुपमा समेत परिचित छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




