टोकियो/जापान । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले ५ बुँदे प्रतिवद्दता सहित उम्मेदवारी दिने घोषणा गरेकी छन्।

सामाजिक तथा एनआरएनए अभियानमा निरन्तर सक्रिय गुरुङ एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष तथा संरक्षक संगै तमुधीं जापानकी पूर्वअध्यक्ष समेत हुन् । एनआरएनए तथा समाजका विविध गतिविधिहरुमा प्रत्यक्ष सहभागी हुँदै ज्ञान र अनुभवले खारिएकी गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक भइ थप जिम्मेवारी बहन गर्ने लक्ष सहित उम्मेदवारी दिने घोषणा गरेको नेपालन्युजपोस्टलाई बताईन् ।

गुरुङले एसिया प्यासिफिक महिला संयोजकमा उम्मेद्वारी दिने घोषणासंगै यी ५ बुँदे प्रतिवद्दताहरु समेत सार्वजनिक गरेकी छिन् ।

१ संस्थाको सुद्धिकरण भावनात्मक एकता एनआरएनए मा महिला सहभागिता

२ परदेशी भूमिमा रहेका नेपाली महिलाहरुको समृद्धि र सचेतनाको उजागर गर्न।

३ परदेशी भूमिमा हुर्किदै गरेका एनआरएनए बालबालिकाहरुलाई नेपाली भाषा, कला संस्कृति र भेषभूषा सिक्ने र सिकाउन ।

४ नेपाली महिलाहरुले परदेशमा सिकेका ज्ञानसीपहरु घरदेशमा रहेका महिला दिदिबहिनीहरुबीच समन्वय गरि जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने । महिलाहरुको समस्या पहिचान र समाधान, महिला नेतृत्वकै आवश्यकता र प्राबधान ।

५ विदेशमा बस्ने नेपालीहरुलाई एनआरएनए सुखदुखको अभिभावकीय संस्था हो भन्ने अनुभुति गराउने, जुनसुकै कारणले विदेशीएका नेपालीहरुलाई “एनआरएनए मेरो लागि भरपर्दो साथी” को अवधारणा ल्याउने ।

काम गर्न पद नै चाहिन्छ भन्ने मान्यता नराख्ने गुरुङ्ले,अभियानका सुभेच्छुकहरुको आग्रह र आफ्नो क्षमता र समयानुकल पद एसिया प्यासिफिक महिला संयोजकमा  रहि औपचारिकरुपमा काम गर्ने अभिलासा सहित उम्मेद्वारी दिन लागेको बताउँदै आफुलाई यस पदका लागि सहयोग गर्न सम्पूर्ण अभियन्ताहरुमा अपिल गरेकी छिन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार