टोकियो/जापान । जापानी येन मंगलबार फेरि ऐतिहासिक कमजोर बनेको छ। मंगलवार जापानी येनको विनिमयदर १ डलर बराबर १५० येनभन्दा अधिक कायम भयो । यो दर लगभग पछिल्लो एक वर्षयताकै उच्च गिरावट हो ।

टोकियो विदेशी मुद्रा विनिमय बजारमा ३ तारिखमा, येन गत वर्ष अक्टोबर पछि लगभग एक वर्ष यताकै पहिलो पटक डलरको तुलनामा जापानी येन अत्यन्तै धेरै अवमूल्यन भयो।

अमेरिकामा दीर्घकालीन ब्याज दरहरू बढ्दै जाँदा, डलर किन्ने र येन बेच्ने लगानीकर्ताहरुको संख्या यति धेरै बढ्यो कि,जसतो परिणाम स्वरुप १ डलर बराबर १५०.०५४ येनमा कारोबार हुन पुग्यो । जापानी येनको यस्तो कमजोर अवस्था अघिल्लो वर्षको अक्टोबर पछि पहिलो पटक देखिएको हो।

यद्यपी,जापानी येनको यो गिरावट दिनैभरी भने कायम भएन र पछि येन पुन सुधारको बाटोमा फर्कियो । साँझ पख पुन पछिल्लो सामान्य दरमै कारोबार भयो ।

त्यसो त,संयुक्त राज्य अमेरिकामा दीर्घकालीन ब्याजदर बढेसँगै जापानले पनि दीर्घकालीन ब्याजदरमा केहि मात्रामा बढाउँदै गएको छ । यसरी हेर्दा जापानको व्याजदर २ तारिख करिब १० वर्षयताकै उच्चतम स्तरमा पुगेको थियो ।

तर पनि,अमेरिकी डलरबाट प्राप्त हुने लाभ अधिक भएकाले लगानीकर्ताहरु जापानी येनप्रति आकर्षित हुन सकेनन् । परिणामस्वरूप जापानी येन थप कमजोर बन्न पुग्यो ।

जापानी येन कमजोर बन्दा,आम सर्वसाधारण तथा जापानबाट अन्य मुलुकमा रेमिट्यान्स पठाउनेहरु मर्कामा परिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार