टोकियो/जापान। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद(एनआरएनए आईसीसी)को आगामी कार्यकाल सन २०२३ – २५ मा जापानबाट व्यवसायी तथा एनआरएनए अभियन्ता डिपी कँडेलले एसिया प्यासेफिक संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
कँडेलले “रुपान्तरण सहितको साझा संस्था,परिवर्तनको लागि मेरो आवश्यकता”-भन्ने नाराका साथ एसिया प्यासेफिक संयोजक पदमा उम्मेद्वारी दिने बताएका हुन् ।
सन २००८ देखिनै गैरआवासीय नेपाली संघको अभियानमा जोडिएका कँडेलले विभिन्न समय र परिस्थितिहरुमा पद सहित तथा पद भन्दा बाहिरै रहेर पनि एनआरएनए अभियानमा आफुले सकेको भूमिका निर्वाह गर्दै आएका छन् ।
सन २०१० – ११ को एनसिसि जापानको केन्द्रीय कार्यसमिति सदस्य पदबाट औपचारिक संस्थागत जिम्मेवारीमा प्रवेश गरेका कँडेलले पुनः सन २०११ -१३ कार्यसमितिमा पनि सोहि पदमा दोहोर्याए। त्यसपछि सन २०१७-१९ को एनआरएनए जापानको कार्यसमितिमा सल्लाहकारकारुपमा सक्रिय रहेका उनि सन २०१९ -२१ मा एनसिसि जापानबाट आईसीसी सदस्यको यात्रातर्फ उन्मुख हुन पुगे र निर्विरोध आईसीसी सदस्य पदमा चयन पनि भए ।
श्रेणीगतरुपमा बिस्तारै एक पछि अर्को गर्दै आफ्नो क्षमता,समय र परिस्थिति अनुकुल पदहरुमा रहँदै एनआरएनए तथा समाजिक अभियानमा जुटेका कँडेल सन २०२१-२३ कार्यसमितिमा एसिया प्यासेफिक संयोजकका रुपमा पदासिन छन् ।
क्षमता र योगदानमा आधारित प्रतिष्पर्धाबाट भन्दा पनि कार्यसमिति मिलाउने सन्दर्भमा बाँडफाडमा परेका पद भएकाले,कतिपय आफुले गर्न चाहेको तथा सकिने कामहरु पनि गर्ने वातावरण नै नमिलेको अनुभव सुनाउँदै,कँडेले यस पटक आफ्ना योजनामा रहेका कामहरु निरन्तरता दिन तथा एसिया प्यासिफिकका वास्तविक आवश्यकताहरुलाई सम्बोधन गर्न पुनः सोहि पदमा उम्मेद्वारी दिन लागेको नेपालन्युजपोस्टलाई बताए ।
“अघिल्लो पटकको अधिवेशनबाट प्राप्त अवसरले एसिया प्यासेफिक तथा समग्र एनआरएनए तथा त्यस भित्रका गतिविधि र आवश्यकताहरुलाई नजिकबाट बुझ्ने अवसर मिल्यो,अब आउने कार्यकालमा आफ्ना योजनाहरु कार्यन्वयन गरि एनआरएनए अभियानमा केहि उपलब्धिहरु थप्न चाहन्छु,त्यसैले यस पटक आफ्ना प्रस्ट योजना,भिजन र मिसन लिएर उम्मेद्वारी दिने तयारी गरेको छु।”- कँडेलले भने ।
आउँदो महाधिवेशनबाट पुनः एसिया प्यासेफिक पदमा डेलिगेट्सहरुले विश्वास गरि मतदान दिएर विजयी बनाएमा,आफुले यि प्रतिवद्धताहरु पुरा गर्ने दृढता लिएको बताउँछन् कँडेल।
प्रतिवद्धताहरुः
१.एनआरएनए आईसीसीले अख्तियारी गरेका कार्यक्रमहरु एसिया प्यासिफिक क्षेत्रमा रहेका एनसीसी समक्ष पुर्याइ पूर्ण कार्यन्वयन गर्नेतर्फ काम गर्नेछु।
२.एसिया प्यासिफिक क्षेत्रभित्र रहेका एनसीसीहरुमा कयम समस्याहरुलाई समाधानका उपायहरु बटुली समाधानका लागि कार्यन्वयन गराउनुका साथै आवश्यक जटिल विषयहरुलाई सुचीकृत गरि एनआरएनए मार्फत सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्नेछु।
३.थाईल्याण्ड र म्यानमारमा रहेका पिएनओ का मागलाई पूर्ण कार्यन्वयनका लागि अहिले सम्बन्धित ठाउँमा कुरा पुर्याइसकेको र अब त्यसलाई पूर्ण कार्यन्वयनका लागि पुनः पहल गर्नेछु।
४.सामाजिक सुरक्षा कोषलाई अझै थप प्रभावकारीरुपमा वास्तविक आवश्यकिय वर्गसम्म पुग्नेगरि कार्यन्वयनमा ल्याउन एसिया क्षेत्रको तर्फबाट पहल गर्नेछु ।
५.एसिया प्यासेफिक क्षेत्रको आफ्नै सचिवालय र बैंक खाता संचाल गरि,एसिया प्यासिफिक फण्ड स्थापना गरि,भइपरी आउने र अति विकट तथा बिपन्न क्षेत्रका शिक्षा र स्वास्थ्यका लागि टेवा पुर्याउन प्रभावकारी पहल गर्नेछु ।
६.अन्त्यमा,विदेशमा हुर्किँदै गरेका दोस्रो पुस्ताका एनआरएनएका रुपमा परिचित बालबालिकाहरुलाई मूलभूमी नेपालको भाषा/कला तथा संस्कृतिबारे आवश्यक ज्ञान प्रदान गरि नेपालसंग जोड्ने विविध प्रभावकारी कार्यक्रमहरु संचालन गर्नेछु ।
“मेरा यिनै योजनाहरुलाई मुर्तरुप दिन पनि यस पटक सम्पूर्ण डेलिगेट्सहरुले साथ र सहयोग गर्नुहुनेछ भन्नेमा विश्वस्त छु।”-कँडेलले भने ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




