गत जुलाई १८ तारिख साँझ ५:४० को एअर क्यानडाको डाइरेक्ट फ्लाइट हुँदै म, टोक्यो हानेदा अन्तर्राष्ट्रीय विमानस्थलबाट टोरोन्टोको लागि हुत्तिएँ। १२ घण्टा १० मिनेट लामो हवाई यात्रा पश्च्यात म टोरोन्टो स्थित पियर्सन अन्तर्राष्ट्रीय एअरपोर्टमा सकुशल उत्रिदा मेरो अनिद्राका कारण राम्रोसँग उभिन सक्ने हालत पनि थिएन।हवाइजहाज पनि क्यानडाको १८ रै तारिख दिंउँसो १६:४०मा टोरोन्टो स्थित पियर्सन अन्तर्राष्ट्रीय हवाई अड्डामा गएर सकुशल अवतरण गर्यो।

एक किसिमले फाट्ट फुट्ट मात्र देखिने गोरा अनुहारहरू देख्दा आफू टोरोन्टो पुगेको भान कम र इन्डियाको कुनै शहरमा पुगेको जस्तो पनि अनुभूति हुने यो शुरूआत कता कता मनमा हलचलि भने पैदा भैराखेको थियो।

तर अनिदोको कारण राम्रोसँग उभिन पनि नसक्ने हालतको म, भिडबाट एउटा करिब करिब पाकिस्तानी देखिने अनुहारबाट आवाज आयो does anybody can speak japanese? अर्थात कोही जापानी भाषा बोल्न सक्ने मान्छे हुनुहुन्छ ? के खोज्छस् काना आँखा भने झैं मैले तुरुन्त हात उठाएँ yes I can speak Japanese, यसको कारण थियो दुईजना जापानी विध्यार्थीहरू student exchange मा एक वर्षको लागि भाषा पढ्न क्यानडा आएका तर अँग्रेजी फिटिक्कै नबुझ्ने, त्यसैले त्यहाँ मेरो दो-भाषेको रूपमा पनि खुशी साथ काम भयो। मैले त्यो क्यानडेली नागरिकलाई जिस्क्याएर you are going to pay me 40 dollars per hour right? भनेको उसले लामो जिब्रो निकालेर we can offer only 15 dollars per hour भनेर हाँस्यो। एकैछिन ख्याल ठट्टा गरेर मैले उनिहरूको काम सहज गरीदिंएँ । दुबैथरी विध्यार्थी र क्यान्डियन सरकारको तर्फबाट मूरीमूरी धन्यवाद पाई म पनि हाँस्दै एअरपोर्टबाट बाहिर निस्किएँ।

एअरपोर्टमा छोरालाई देखेपछि बल्ल मेरो मनले विश्राम पाएको थियो। त्यसपछि ट्याक्सी चढेर हामी उसको घर रोजर्स रोड तर्फ लाग्यौं।

घरमा बुहारी र नाति नातिनी बेलुकाको खाना बनाएर कुरिराखेका थिए।
त्यो दिन त थकाइले यति चुर भइयो कि खाना खाएर सुत्ने बाहेक केही काम भएन। भोलिपल्ट पनि १२ बजेसम्म सुतिएछ, १ बजे बुहारीले खाना पकाएर कोठैमा ल्याई दिइन्। खाना खाएपछि पनि माथि ट्वाईलेट जान्छु भनेर म त फेरि सुत्न पुगेछु।
लामो फ्लाइटको जेटल्याग साह्रै गाह्रो अनि पूर्व र पश्चिम, निद्राको समय मिलाउन पनि दुई तीन दिन लाग्ने।साँझ नुहाइ धुवाइ गरेर नजिकै रहेको पार्कसम्म घुम्न गयौं, आएर बेलुकाको खाना खाई टी.भि. हेरेर सुत्ने बाहेक केही काम भएन।

अब बल्ल शुरू भयो मेरो टोरोन्ट यात्रा र घुमाई।

जुलाई २० तारिख बिहान खाना खाएर बुहारी र म हाई पार्क गयौं। छोराको अन लाइन काम थियो, ऊ घरैबाट काम शुरू गर्न थाल्यो।
हाईपार्क जानलाई घरबाट ४१ नंबरको बस चढेर किल स्टेशन पुगि रेल चढेर जानु पर्ने रहेछ। किल स्टेशनबाट केही स्टप रेल चढ़ेपछि हाई पार्क पुगिन्छ।
हाई पार्कमा ट्राम चढेर पूरै पार्क घुम्यौं।केही फोटो र भिडियो खिची एकदुई जना गोरा छालाहरूसँग भलाकुसारी गरी टिम हर्टन्सको चिसो कफी पिई घर फर्कियौं र केही भिडियो टिकटकमा पोस्ट गरी खाना खाएर सुत्यौं। यो दिन एकदम रमाईलोसँग बित्यो ।

जुलाई महिलाको २३ तारिख सधैं जस्तो विहानको ब्रेकफास्ट खाएर हामी पुरै टोरोन्ट सिटी हेर्न र विशेष गरी सि. एन. टावर Canadian national tower र हार्भर फ्रन्ट घुम्न निस्कियौं। CN टावरको उचाई ५५३.३ मीटर अग्लो छ जुन दुबईको बुर्ज खलिफा (८२८ मिटर) र टोकियोको स्काई ट्रि (६३४ मिटर) बन्नु अघि संन्सारको सबैभन्दा अग्लो इमारत थियो।सन् १९७५ देखि सन २००८ सम्म तर सन् २००८ मा बुर्ज खलिफा बनेपछि यो सि. एन. टावर संसारको दोस्रो अल्लो टावर बन्यो र अहिले टोकियोको स्काई ट्रि (सन् २०१२)मा बनेपछि यो संसारको तेस्रो अग्लो भवन हो। तर अब्जरभेटरी डेस्क भने १६९ तला मा छ। यो टावर चार कोणहरूबाट पूरै टोरोन्टो सिटी अवलोकन गर्ने मुख्य आकर्षणको केन्द्र विन्दु हो।मेरो क्यानडा भ्रमणको मुख्य उदेष्य पनि यो सि एन टावर र नायगरा फल्स जानु नै थियो।

यो दिन हामीले टोरोन्टो वान-डे- फ्रि पास किनेका थियौं। एक जनाको १३ डलर ५० सेन्टको हिसाबले। टोकियोमा जस्तै जुन पब्लिक यातायात जति चोटी चढेर जुन ठाउँमा ओर्लिए पनि सबै सार्वजनिक यातायात सेवा प्रयोग गर्न सकिने पास थियो त्यो। जसमा टोरोन्टो सिटी गभर्मेन्टका सब बसहरू रेल र स्ट्रिटकार पर्दो रहेछ। त्यो दिन खूब स्ट्रीट कार चढियो, स्ट्रीटकारले मलाई बचपनमा चढेको ट्रलिबसको सम्झना दिलायो। अहिले त काठमाण्डौमा ट्रलि बस चल्दैन। सब थोत्रा पारेर एक दुई वटा मिनभवनमा थन्क्याईएका छन्।

१. सेन्टर आइल्याण्को यात्रा
जुलाई महिनाको २५ तारिख सोमवार घरमा बिहानको खाना खाएर सेन्टर आइल्याण्ड गयौं।छोरा अरूणले पनि काममा एक हफ्ता छुट्टी लिएको थियो र सधैं जस्तो बस, रेल र स्ट्रीटकार चढेर हार्बर फ्रन्टबाट फेरीबोट चढेर सेन्ट्रल आइल्याण्ड पुगिन्छ। साह्रै रमाइलो र थ्रिलिन्ग यात्रा थियो यो। छोरा बुहारी र म तीनजना घुम्न निस्कियौं, नाति नातिनीको पार्ट टाइम काम भएको हुनाले उनिहरू आ-आफ्नो काम तर्फ लागे। २० मिनेटको फेरी यात्रा सकेर हामी सेन्ट्रल आइल्याण्ढ पुग्यौं र अलिकति चिया खाजा खाएर, सेन्ट्रल ताल हेर्ने डेक तर्फ लाग्यौं। सेन्ट्रल आइल्याण्डमा हेर्न पर्ने मूख्य मुख्य ठाउँहरू भनेको यही अन्टारियो लेक हेर्ने डेक, दुईवटा फाउण्टेन र ट्रामबाट पार्कको एक फन्को मार्नु नै हो।
सेन्ट्रल आइल्याण्डबाट CN tower पनि एकदम राम्रोसंग हेर्न सकिन्छ। यहाँ केही फोटोहरू छन्।
त्यो दिन मात्र १४ हजार पाइला हिंडिएछ। सेन्ट्रल आइल्याण्डबाट वाटर स्की पनि गर्न मिल्दो रहेछ तर रिज़र्व भने पहिला नै गर्न पर्ने। मसँग स्विमिन्ग कस्टम पनि नभएको र बुहारी पनि पानीमा जान नमानेकोले त्यो दिन हामीले वाटर स्की भने गरेनौं।
सेन्टर डेकबाट लेक राम्रोसँग हेरिसकेपछि हामी आइस क्रिम खाइ ट्राममा चढेर पार्कको एक फन्को (३५ मिनेट) लगायौं। ट्राम चढ्न एक जनाको १० डलर लाग्दो रहेछ । तर पैसाको भरपुर आनन्द मिल्ने।

ब्लु माउन्टेनको यात्रा
अगस्टको ७ तारिख म कजन बैनी रीना नेपाल र ज्वाइ दिनेश नेपालको वासस्थान तर्फ लागें।
रोजर्स रोडबाट १ घण्टा पर नोर्थ नन्ह्याटममा। त्यहाँ ठूलो बँगला स्पेसियस गार्डेन र डाउन टाउनबाट धेरै शान्त र रमणिय वातावरण। भोलिपल्ट विहानको ब्रेकफास्ट खाइ ज्वाइको गाडिमा ब्लु माउन्टेन गयौं । दिनभरी कफि खाजा र आइसक्रीम खाँदै गोन्डोला चढ्दै भिलेज डुल्दै पूरा दिन त्यता बित्यो। रातको खाना बाटोमा पर्ने ब्र्यामटन शहरको सिम्प्ली इन्डिया रेस्टोरेंटमा खाइ घर पुग्दा रातको ११ः३० बजेको थियो।

नायगरा फल्सको यात्रा
१० अगस्टको दिन
टोरोन्टोमा व्यावसाय र सरकारी जागिर खाएर बसिराख्नु भएको फुपुको छोरा दादा प्रदिप बाँस्कोटाको घरमा तीन दिन बस्तै गएँ।
छोराको घरबाट दादाले पिंक अप गरी फिन्च स्थित आफ्नो अपार्टमेंटमा लगिस्यो। भाउजू पनि सरकारी अस्पतालमा इन्चार्ज नर्स भएकोले हामीलाई खाना रेडी गरि साँझको ड्युटी गर्न गइस्यो।बच्चाहरू, दादा र म खाना खाई वरपर अलिअलि ड्राइभिन्गमा गयौं ।
भोलिपल्ट रुकु दिज्जुको घर स्कारबोरो जाने प्रोग्राम थियो तर पानी परेकोले कार्यक्रम परिवर्तन गरी हामी हामिल्टन तर्फ लाग्यौं । ह्यामिल्टनमा दादाको बेस्सो यानेकि सेकेन्ड हाउस रहेछ र उहांका चिनजानका मान्छेहरू पनि ७ परिवार जम्मा भई नाचगान र बाँसुरी प्ले हेरी रातको खाना खाई सुत्यौं ।
भोलिपल्ट १३ तारिख दादा म र अनिल भट्टराई भाइ नायगरा फल्स तर्फ लाग्यौं दादाको गाडिमा । मैले आजसम्म देखेको शिनहरूमा सबै भन्दा मनमोहक द्रिश्य र स्वर्गकै एक टुक्रा जस्तो अनुभव गरें । माथि दुईचार वटा फोटो खिची हामी फेरीमा चढेर नायगरा फल्स सफर गर्न गयौं । दिएको रेनकोट लगाएर हामी पानीको फोहोरा भित्र करिब करिब पस्यौं। यो नायगरा फल्सको यात्रा अति नै रोमान्चक रह्यो।बेलाबेलामा फोटो र भिडियो खिच्नमै मस्त म झन्डै मोबाइल नायगरा फल्स भित्र खसालेको! अनिल भाइले बारम्बार दिज्जू मोबाइल खसालिसेला है विचार गर्नु भन्दाभन्दै म फोटोहरू खिच्र्न यति तल्लिन रहें कि के भनौं र?? यहाँबाट करिब ३५ मिनेटको पानीको सयर सक्काएर हामी हामिल्टन फर्कियौं बाटोमा उफ् फेरि टिम हर्टन्स्को चिकेन रोल एउटा एउटा र आइस क्याप एउटा एउटा पिई हामिल्टन दादाको सेकेन्ड हाउसमा फर्कियौं र खाना खाइ टोकोन्टोमा भएको नेपाल डे फेस्टिभलमा सहभागी भै म टोरोन्टो छोरा बुहारीकोमा फर्किएँ।
यसरी नै दिनहरू बित्दै थिए अब त म एक्लै टोरोन्टो सहर घुम्न सक्ने भै सकेको थिएँ। किन ठाउँबाट कति नंबरको बस चढेर कुन रेल कतापट्टी जाने चढे कहाँ पुगिन्छ म्याप हेरेर एक्लै डुलेर रोजर्स रोड छोराको रेसिडेन्टसम्म त एक्लै फर्किन सक्ने भएँ । यसरी मेरो यात्रा साह्रै रमाइलो हुँदै मेरो टोरोन्टोको पाँच हफ्ते भ्रमण सकियो। म टोक्यो सकुशल फिर्ता आएँ मन भरी माया र रमाइलो यात्राको कोशेली लिएर ।

गृष्मा पौड्याल
टोक्यो जापान
२०२३.१०.०२
सोमवार

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार