टोकियो/जापान। टोयोटाले यस वर्षको पहिलो छ महिनामा आफ्नो खुद नाफा दोब्बरभन्दा बढि भएको रिपोर्टसंगै वार्षिक खुद नाफाको प्रक्षेपण २६.१ बिलियन डलरमा पुर्याएको छ।

बिक्रीको आधारमा विश्वको सबैभन्दा ठूलो अटोमेकरले कमजोर येन र लागत घटाउने प्रयास पश्चाल अब २.५८ ट्रिलियन येनको अघिल्लो अनुमानको तुलनामा ३.९५ ट्रिलियन येनको वार्षिक खुद नाफाको अपेक्षा गरेको बताएको छ।

“विनिमय दरको उतारचढावको प्रभावका साथै नाफा सुधार गर्ने प्रयासलाई मध्यनजर गर्दै अघिल्लो प्रक्षेपणभन्दा माथिको प्रक्षेपण परिमार्जन गरिएको हो,” कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

“टोयोटाको उत्पादन धेरै बलियो, धेरै सहज छ,” टोकियोमा रहेको अनुसन्धान र परामर्श फर्मका अटो विश्लेषक सातोरु ताकादाले भने।आम्दानी प्रतिवेदन सार्वजनिक भएपछि कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार