टोकियो । सुगर ड्याडी(अधबैंसे तथा बुढा)हरूबाट पैसा कसरी धुत्ने भन्ने विषयमा पुस्तक लेख्ने माई वातानाबे पक्राउ परेकी छिन् ।

२५ वर्षीय वातानाबेलाई अगष्टमा सामाजिक सञ्जालमा फलोअरहरूलाई डेटिङ स्क्याम म्यानुअल बेचेको आरोपमा समातिएको हो । अधबैँसे र बुढा पुरुषलाई कसरी फसाउने,   उनीहरूबाट सकेसम्म धेरै पैसा कसरी धुत्ने भन्नेबारे वातानाबेले पुस्तक प्रकाशन गरेकिछिन् ।

नागोया सहरको नाका प्रहरीका अनुसार वातानाबेले गएको वर्ष १० हजार येनदेखि २० हजार येनको बीचमा म्यानुअल बेच्न सुरु गरेकी थिइन् । गोप्य सिकाईका लागि उनले थप पैसा लिन्थिन् । पक्राउ पर्नुअघि वातानाबेले आफ्नो पुस्तकको २ हजारप्रति जति बेचेको जापानी सञ्चार माध्यमरुले बताएका छन् । वातानाबेकै किताब पढेर एक २० वर्षीय जापानी युवतीले आइची प्रिफेक्चरका २ पुरुषलाई १ करोड ६ लाख ५० हजार येन ठेगेपछि प्रहरीले वातानाबेबारे छानबिन सुरु गरेको थियो ।

आफूमाथि लागेको अभियोग वातानाबेले स्वीकार गरेकी छिन् । युवतीले गएको वर्ष सेप्टेम्बरमा ५० वर्षका एक पुरुषलाई २ करोड ७० लाख येन ठगेकी थिइन् । ५४ वर्षका अर्का एक पुरुषले पनि वातानाबेको खातामा ११ करोड ७० लाख येन हालिदिएको आरोप लगाएको भन्दै गएको महिना जापानी पत्रिका माइनिचीले समाचार प्रकाशन गरेको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार