काठमाडौं । चिनियाँ अर्बपति ज्याक माले ‘हाङजाउ माज किचन फुड’ (Hangzhou Ma’s Kitchen Food) नामक नयाँ व्यवसाय सुरु गरेका छन् ।
ज्याक माले चीनको पूर्वी भागमा पर्ने आफ्नो गृह सहर हाङजाउमा यस्तो व्यवसाय थालेको अन्तर्राष्ट्रीय संचार माध्यमहरुले जनाएका छन् । सुरुवाती पुँजी एक करोड यूआन (करिब १८ करोड) रहेको यस कम्पनीले अलिबाबाका लागि समेत काम गर्ने बताइएको छ । यस कम्पनीले प्याके गरिएका खाना आयात तथा निर्यात गर्ने र खाद्य कृषि उत्पादनहरू बिक्री गर्ने बताइएको छ ।
युरोमोनिटर इन्टरनेसनलका अनुसार चीनमा तयारी मासुको व्यापार गत वर्ष मात्रै करिब ७१.१ अर्ब यूआन मूल्य बराबरको रहेको थियो । यसबाहेक अन्य तयारी खानाको बजार फस्टाइरहेको छ । सोही कुरालाई लिएर चीनमा माले नयाँ व्यापार गर्न लागेको लख काटिएको छ।
सन् १९९९ मा अलिबाबा स्थापना गरेका मा यसै कम्पनीबाट विश्वका धनाढ्य बने । फोर्ब्सका अनुसार हाल उनी चीनको सातौं र विश्वको ६३औं धनाढ्यको सूचीमा छन् ।सन् २०२० मा चिनियाँ वित्तीय नियामक तथा बैंकहरूप्रति विवादास्पद अभिव्यक्ति दिएपछि उनी गायब भएका थिए । त्यसअघि सन् २०१९ मा उनले अलिबाको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनै माले गर्न लागेको व्यापारलाई निकै अर्थपूर्ण तरिकाले हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




