रवि लामिछाने/ स्वर्णिम वाग्ले ज्यू
नमस्कार
आम बुझाई कै कुरा गर्नु पर्दा ब्यक्ति र संस्थाको अस्तित्व फरक हुने गर्दछ । ब्यक्ति चाहे संस्थापक हुन्, बहालवाला हुन् वा अन्य कार्यकारी । ब्यक्तिहरू आउछन् र जान्छन् तर संस्थाको अस्तित्व रहि रहन्छ चाहे त्यो इतिहासमा होस् या वर्तमानमा ।संस्था या संस्थानहरू तब जन्मन्छन् र स्थापना गरिन्छन् जब मौजुदा संस्थाहरू अपरिपूक र अपर्याप्त हुन्छन् ।त्यसमा पनि राजनीतिक संस्था अथवा पार्टीको बिषेश महत्व हुने नै भयो । कुनै पनि संस्था चाहे त्यो सामाजिक होस् , व्यापारिक होस या राजनीतिक त्यसको सहि मानेमा विकास हुनको लागी शिक्षित र इमान्दार ब्यक्तिको ठूलो योगदान हुने गर्दछ ।
राष्ट्रीय स्वतन्त्र पार्टी राजनिती बिचलन,भ्रष्टाचार,ब्यक्तिवाद,
नातावाद,वाद भित्र पनि वादले जेलाएको गॉठो फुकाउन स्थापना भएको पार्टी हो भन्ने धेरैले बुझ्नु भएको छ भन्ने लाग्छ । यति धेरै जनचाहना,जनअपेक्षा, बिस्वास र भरोसा बोकेर उदयमान पार्टीले सहि पहिचान र छनौट गर्न सकेन भने त्यसको सामाजिक र राजनीतिक असर ठूलो हुन सक्छ । यहॉहरू धेरै काम र अनुभव बटुलेर दुरदराजका दशाहरू,सहरिया बिचलन र बिकृतीहरू विकसित देशहरूको विकास र नधमिलीएको आकाश बोकेर आउनु भएको पार्टी होइन र ? जनविस्वासको प्रतिशत उच्च हुँदा हुदै पनि के सीच्चिकै यहॉहरूसंग हातेमालो गर्न आउनु भएका पाहुनाहरू योग्य र सक्षम हुनुहुन्छ? पानी नबोकेको बादल,अंकुर बिनाको बिज, भिजन,एजेन्डा र खाका बिनाको नेतृत्वले फगत कुर्सी ओगट्ने भन्दा केहि दिन सक्दैन भन्ने कुरा त बिगतको ७३ बर्षमा जनताले भोगी सकेका छन् । स्वतन्त्र र नयॉ शक्तिको रूपमा उदाएको पार्टीमा पुरानै बिरोदाभाष प्रवृतिका अनुहारहरूले स्थान र प्रसय पाउनु साच्चिकै नयॉहरू प्रति अन्याय होइन र ? पुराना राज नेताका भाष्यलाई सापट लिने हो भने साच्चिकै भिजन बिनाका नेतृत्व पद र कुर्सीमा बस्ने मात्र हो, उढेर केहि गर्न सक्छन् भन्ने विस्वास म मा त पटक्कै छैन ।
बिभिन्न काल खण्डमा भिन्न भिन्न पार्टीहरूलाई जनताले अमूल्य मत दिएर सत्तामा र नेतृत्वमा पुर्याएको इतिहास ताजै छ । जुन जोगी आए पनि खरानी धसेका भने जस्तै आफ्नै घैटो र छिमेकीलाई पैचो, आफन्तलाई घर जनतालाई बगर दिने भन्दा अरू केहि दिन सकेनन् पुराना भनौदाहरूले । इतिहासमा फेल भएर लडेकाहरू पटक पटक टाउको उढाएर होक्का गर्नेहरूको बिगबिगी छ राजनीतिकमा ।यो धरातलिय वर्तमान भूतकालमा परिणत नभए सम्म देशको विकास असम्भव जस्तै देखिन्छ । अपरिपक्व सोच र पुराना बिचारहरूले बनेको ब्यवस्थामा रहेर अवस्था परिवर्तन गर्ने यहॉहरूको लडाईमा जनताको सोच परिवर्तन नहोस् । मपाईत्वको लडाईमा तपाईत्वहरूको हत्या नहोस।
भाईरल मिडिया र भाईरल समाचारको रॉफमा पोलिएका आलुहरू बाहिरबाट पाकेका देखिए पनि भित्र काचै त छैनन्? कट्मरिएका र कुहिएका त छैनन्? चनाखो हुन आवश्य छ ।कुनै पनि वस्तुको अस्तित्व सधै रहि रहदैन र हुँदैन पनि । जसरी जन्मसंगै मृत्यु जोडिएर आउछ ।समय सापेक्ष परिवर्तन नभएको मानिस होस् या समाज या देश सधै पछौटे र अविकसित हुने गर्दछ ।
बाघहरूले लेन मात्रै बाटो हो भनेर सोच्नु गलत हुन सक्छ । निमबरूले कापी छोडेर किताबमा बि माने बिस्वास मात्रै लेख्नु पनि गलत हुन सक्छ । संसारमा नामले भन्दा कामले लेखिएका इतिहासहरू अमर छन्। एड्भान्स टेक्नोलोजी AI,AGI को युगमा हामी कहॉ छौ? के का लागी लडी रहेका छौ? कस्तो विकास र कुन रड्गको आकाश खोजी रहेका छौ? जुन यति दुर्लभ छ ? इतिहासमा पुर्खाहरूले ठड्याएको शीर जताततै नुड्गाई सकेका महामहिमहरू सत्ता र शक्तिमा भएसम्म जनताको ऋणको बोझ कसरी कम होला र ?
रार्ष्ट्रिय स्वतंत्र पार्टीको स्वतंत्रताको मतलब यति पनि नहोस् कि कोही पनि अटाउन् । समर्थक हुनु एउटा कुरा होला तर पद वहाल कार्यकारी? तपाईहरूको हरेक एक गलत छनौट सयौ हजारौको निष्ठा माथि प्रश्न कडा गर्न सक्छ ।कोही सहयोगको नाममा,कोही खाना र मंचको काममा त कोही गोष्ठी र मन्थनको बाहानामा फाईदा उठाई रहेका त छैनन् ।न मैले अनुहारहरूको कुरा गरी रहेको छु न कसै प्रती पूर्वाग्रह । भिजन र एजेन्डा बिनाको नेत्तृत्व हजुर बुबाहरूको पन्चायत भन्दा फरक र अलग होला र ?
नमस्कार
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




