टोकियो/जापान। जापान सरकारको नयाँ रणनीति अनुसार सन २०३० सम्ममा अटोनोमस अन्डरवाटर भेइकल (एयूभी) वा पानीमुनि संचालन गर्ने ड्रोनको आन्तरिक उत्पादनलाई औद्योगिकीकरण गर्ने लक्ष्य राखेको छ।

सरकारी रणनीतिले सार्वजनिक र निजी क्षेत्रलाई संयुक्त रूपमा अत्याधुनिक अनुसन्धान र विकास परियोजनाहरूमा संलग्न गराउने योजनाहरू बनाउने बताईएको छ।

एयुभीहरू अन्य उद्देश्यहरू बीच सुमुद्रको तल टोपोग्राफी नक्सांकन गर्न प्रयोग गरिन्छ। विश्वव्यापी एयुभीको बजारमा, जापान संयुक्त राज्य अमेरिका र चीन पछि छ। जापानमा प्रयोग हुने धेरै एयुभीहरु विदेशमा बनाइने गरिएको छ। अब भने सरकारले घरेलु फर्महरूलाई व्यवसायमा प्रवेश गर्न प्रोत्साहन गर्ने रणनीति बनाउने योजना बनाईएको हो ।

सरकारको यस रणनीतिले विभिन्न सामुद्रिक गतिविधिहरूमा एयुभिहरुलाई समावेश गर्ने महत्त्वलाई जोड दिएको छ। जसमा समुद्री स्रोतहरूको विकास, अवलोकन र सर्वेक्षण, साथै सुरक्षाको क्षेत्र पनि समावेश रहनेछ।

सरकारले स्वदेशी एयूभी उद्योगलाई २०३० सम्ममा जापानभित्र विस्तार गर्नका लागि पहल गर्ने छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार