टोकियो/जापान। अक्टोबरदेखि डिसेम्बरको त्रैमासिकमा अघिल्लो वर्षको तुलनामा झण्डै दोब्बरले नाफा बढेपछि टोयोटाले मंगलबार आफ्नो पूर्ण आर्थिक वर्षको नाफा प्रक्षेपण बढाएको छ।

टोयोटा मोटर कर्पोरेशनको तेस्रो त्रैमासिक नाफा
१.३६ ट्रिलियन येन थियो, जुन सन २०२२ को सोही अवधिमा ७२७.९ बिलियन येन थियो । सन २०२२ मा भने कोरोनाभाइरस महामारीले कम्प्युटर चिप उत्पादन हुन नसक्दा टोयोटाको उत्पादन तथा नाफा दुबै घटेको थियो।

आर्थिक वर्षको पहिलो नौ महिनामा टोयोटाले ३.९ ट्रिलियन येन नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बरले बढी हो।अनुकूल विनिमय दरले क्यामरी सेडान, प्रियस हाइब्रिड र लक्जरी मोडेलहरूको निर्मातालाई नाक्फा बढाउन मद्दत गर्‍यो । यसका साथै कमजोर येनका कारण पनि जापानी उत्पादनहरुको उच्च माग रह्यो । परिणाम स्वरुप टोयोटा मोटर्सको समग्र नाफामा वृद्धि भएको बताईएको छ।

कम्पनीले पूरै आर्थिक वर्षको लागि आफ्नो सवारी बिक्री प्रक्षेपण भने बढाएको छैन, बरु यसलाई घटाएर ९४ लाख ५ हजार सवारी साधन पुर्‍याएको छ। टोयोटाले यसअघि ९६ लाख गाडी बिक्री गर्ने अपेक्षा गरेको थियो । कम प्रक्षेपण पनि अघिल्लो आर्थिक वर्षको ८८ लाख सवारी साधनको बिक्रीको तुलनामा राम्रो हो ।

कम्प्यूटर चिप्सको अभावले टोयोटा लगायतका अटोमेकरहरूलाई असर गरेको छ। अटोमेकरले दशकौंसम्म नक्कली सुरक्षा परीक्षण गरेको स्वीकार गरेपछि जापानी सरकारको आदेशमा साना मोडलहरू बनाउने टोयोटा समूहको दाईहाचु मोटर कम्पनीमा हालै उत्पादन निलम्बन गरिएको छ। यि लगायतका विविध समस्याहरुका बाबजुद कुल आम्दानी भने बढ्ने प्रक्षेपण गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार