अन्जन कुमार बस्नेत
ओसाका/जापान।
पछिल्लो समय जापानको जिवनशैली , नेपालीहरुको लागि यमराजसरी बनेको छ भन्दा पनि फरक नपर्ला ।

एक दुइ दिन कै अन्तरमा ३-४ जना त्यो पनि २०-२२ उमेरको लक्का जवान , गुमाऊन पर्यो ,के सच्चिकै जापान नेपालीहरुका लागि यमराज् नै बनेको होत ?
के जापनको जिवनशैली हामिले सोचेको यमराज् जस्तै छ त ?

यि र यस्तै घटना हरु घट्नुमा कतै हाम्रै कमि कमजोरि त छैन ? यि र यस्तै मनोभाव हरुले आजकल पिरोलि रहन्छ सताई रहन्छ , मन झस्कि रहन्छ , फेरी जापानले हामि लाखौको सङ्ख्यामा रहेका नेपाली हरुको चुलो बाल्न मदत्त पनि त गरेको छ ,यो अर्थमा हेर्ने हो भने जापन हाम्रो लागि यमराज् हैन नेपाली हरुले कर्म गर्ने राज थलो पनि त बनेको छ !

जहा हामि विश्वले आभाश गर्न नसकेको सुरक्षा महशुस गरेर बसिरहेका पनि त छौ , त्यसैले कमि कमजोरि भनौ या दोष हामि भित्रै छन् , मनन् गर्नुपर्ने हामिले नै हो जापानले हामिलाई आइज भनेर डाकेको पनि त हैन , भगवान पुकार्दै मेरो जापानको भिषा लागोस् भन्ने हामि नै त हौ ?
नया ठाऊ नया परिवेश धेर थोर चाप पक्कै हुन्छ तर पनि हाम्रो चुलो बाल्न , उज्यालो भविश्य सोचेर आएका हौ धैर्य सम्म्यमित हुन हामिले नै जरूरत छ! जस्तो सुकै आधि बेहेरि र असामान्य परिस्थिति सामाना गर्न परे पनि सकरात्मक बनौं आफ्नो स्वास्थ स्थितिको बारेमा पनि ख्याल राख्ने गरौ ,सबैको जय होस् सबैको परिवारमा खुसिले बास गर्ने वातावरण बनोस् ।

(लेखक,दोलाखा समाज जापान कान्साई क्षेत्रीय समितिका अध्यक्ष हुन्)

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार