टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)जापानको आयोजनामा हुने दोस्रो ‘एनआरएनए फुटसल रनिङ कप २०२४’ प्रतियोगिताको तयारी तिव्र गतिमा भइरहेको बताईएको छ।
युवाका लागि खेलकूद भन्ने मान्यताका साथ मार्च ३ तारिख हुने उक्त प्रतियोगिताको लागि जापानभर रहेका फुटसल प्रेमीहरूले टिम दर्ता गराउने क्रम जारी रहेको र टिम दर्ताका लागि फेब्रुअरीको २३ तारिखसम्म अन्तिम म्याद राखिएको कार्यक्रमका संयोजक तथा एनआरएनए जापानमा युवा संयोजक मुक्तिराज रेग्मीले जानकारी दिए।
संयोजक रेग्मीका अनुसार जापानमा रहेका नेपाली युवाहरुलाई खेलकुदप्रति सक्रिय बनाइराख्न र खेलकुदका माध्यमबाट सामाजिक क्रियाकलापमा संलग्न बनाउन उत्प्रेरित गराउन सहयोग पुर्याउनका लागि एनआरएनए जापानले गतवर्षदेखि सञ्चालन गरेको प्रतियोगितालाई यस वर्ष व्यवस्थित रुपमा निरन्तरता दिन लागिएको बताए।
जापानको चिवाको जेड फुटसल स्पोर्टस् ८५ माएगासकी नागारेयामा हुने फुटसल प्रतियोगिताको विनर हुने टिमलाई ५ लाख ५ हजार ५ सय ५५ जापानी येन र रनिङ कप प्रमाण पत्र र ट्रफी, फस्ट रनर अप टिमलाई ३ लाख ३ हजार ३ सय ३३ जापानी येन, प्रमाण पत्र र ट्रफी, सेकेन्ड रनर अप टिमलाई १ लाख ११ हजार १ सय ११ जापानी येन, प्रमाण पत्र र ट्रफीसहितको पुरस्कार प्रदान गरिने सह आयोजक एनआरएनए जापान क्षेत्रीय समिति चिबाले जानकारी दिएको छ । खेलाडीको हौसला वृद्धि गराउने उद्देश्यले खेल सञ्चालनका क्रममा वेष्ट प्लेयर,वेष्ट गोलकिपर, द टप स्कोरर, द वेष्ट कोच, द फेयर अवार्ड टिमलाई १० हजार जापानी येन र म्यान अफ दि म्याचलाई ट्रफी प्रदान गरिने बताईएको छ।
खेल क्षेत्रमार्फत सामाजिक सेवाका कार्यमा सहभागी हुन युवाहरुलाई उत्साहित बनाउँदै एनआरएनएको अभियानमा जोड्नका लागि यो फुटसल फलदायी हुने विश्वास आफूले लिएको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले बताए।
प्रतियोगितालाई मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्नेगरि आवश्यक सम्पूर्ण तयारी भइरहेको र खेल पूर्णत व्यवस्थित मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न हुने आयोजकको भनाइ छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




