एकातिर जापान सरकारले जापानमा जन्मदर प्रत्येक बर्ष घटदैछ भनेर जन्मदर बढाउन अभिभावकलाइ अनेक योजनाहरु ल्याइरहेछ भने सङ सङ्गै घटदो जन्मदरका कारण कामदारको अभाव भएर बिदेशि नागरिक पनि भित्र्याइरहेको छ । अर्का तिर जापानमा बच्चा जन्माउन उक्साएकाले जापानीजहरुले नै बच्चा जन्माउने कार्यलाइ कति महत्व दिदैछन त्यो त थाहा भएन तर बिश्वका बिभिन्न मुलुकबाट भित्रीएर परिवार सहित बस्ने बिदेशिहरुको बच्चा भने जन्मिने प्रकृया निक्कै बढदो छ । अब हाम्रै देश नेपाल र नेपाली कै कुरा गरौ न । पछिल्लो समयमा नेपालीहरुको बच्चाहरु पनि निक्कै थपिएका छन जापानमा । नेपालको वातावरण र परिस्थितिका कारण परिवार सहित आएका मान्छेले यत्तिको सुबिधा सम्पन्न देशमा आफ्ना बच्चा जन्माउनु पनि खुसिकै कुरा हुन जान्छ ।
नेपालबाट जापान आउनेहरुमा मुख्यतः बिध्यार्थी भिषा, कुक भिषा नै हुन । न्युन मात्रामा बिजनेस भिषा र कामदार भिषामा नि आएका होलान र जापानमा आएर लामो समय बस्नेहरु पनि यिनै बिध्यार्थी भिषामा आएकाले कामदार भिषा बनाएर वा अन्य कुनै भिषामा आएकाले बिजनेस भिषा बनाएर बस्ने हुन ।
अब कुरा आउछ फेरि के जापानमा बच्चा सहित बस्नेलाइ सहज छ त ? के उनिहरु आर्थीक रुपले सम्बृद्ध हुन सकेका छन त ?
जापानको नियम अनुसार बिजनेस भिषामा सायद सहज होला बच्चा र परिवार पालिएर आर्थिक उन्नति गर्न तर जापान कै नियम अनुसार कामदार भिषामा भएकाले आफ्नो आश्रीतमा रहेको श्रीमान वा श्रीमतिको हप्ताको २८ घण्टाको कमाइले एक वा दुइ सन्तान जापानमा राखेर महिनाको खर्च मेनेज गर्दै के आर्थिक सम्बृद्धिको बाटो हिडन सक्लान ?
अब फेरि कुरा आउछ बच्चा जन्माउन उक्साएको कुरा । हुन जापान सरकारले न उक्साउदा पनि मान्छेलाइ बच्चा चाहिन्छ । तर जन्मदर घट्यो भनेर भन्दै गर्दा जन्मदर बढाउन सहयोग गर्ने बिदेशि नागरिकलाइ गरिखान सक्ने सहज नियम पनि बनाइदिदा हुने होला नि ।
जापानको महङ्गि अनि तेसमा पनि टोक्यो र टोक्यो आसपासमा बस्नेहरुले कामदार वा कुक भिषा बाट भएको २२/२३ मान र डिपेण्डेण्ट भिषामा हुनेले हप्ताको २८ घण्टा काम गरेर कमाएको + – १० मानले जिवन सहज बन्न सक्ला ?
पछिल्लो समयमा नेपालबाट जापान आएर बसेका परिवारहरु पनि भाषागत कारण काम गर्दा भिषाको डर नगर्दा खान बस्न नै नपुग्ने अवस्था जस्ता धेरै कारणले फेरि बिदेशिले जापान छोडेर अन्य देश गएर सेटल हुन खोजेको दृश्य पनि बिकराल बन्दै छ ।
नेपालबाट जापान आएर परिवार सहित बसेका परिवारलाइ जापान सरकार र नेपाली कुटनितिक निकायहरुले यस तर्फ ध्यान दिएर फराकिलो नियम बनाउन जरुरी छ ।
(समसामयिक भएकाले यो सामग्री हामीले प्रहारजीको सामाजिक संजालबाट लिएका हौँ)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




