सर्बप्रथम सन्तान प्राप्तिको योजना बनाउनु भएकोमा तपाईलाई शुभकामना छ । त्यसो हो भने सबैभन्दा पहिले जापानका प्रसूति विभाग भएको अस्पतालमा मात्र बच्चाको जन्म गराइन्छ । सबैकुरा समेट्ने हो भने धेरै लामो हुन्छ । मेरो छोरि पनि जापान मै जन्मिएकी हुन् त्यहि अनुभव समेटेर छोटकरिमा लेख्दैछु अन्त्य सम्म पढ्नुहोला है त । तपाई गर्भवति भए लगत्तैको चेकजाच पछि बच्चा जन्माउनको लागि अस्पतालमा बुकिंग गर्नु पर्ने हुन्छ । बच्चा जन्माउने अस्पतालको बारेमा कुनै जानकारि तपाईलाई थाहा छैन भने वडा कर्यालयमा बुझ्नुहोस् । वडा कार्यालयमा अन्य परामर्श पनि लिन सकिन्छ ।

दोस्रोमा स्वास्थ्य पुस्तिका (बोसी केन्कोउ तेच्यो) लिनुहोस् ।
तपाईको बसाई दर्ता गरेको वडा कार्यालयमा गर्भवती भएको सूचना निवेदन मार्फत जानकारि गराउनु पर्दछ । त्यसलाई जापानिमा (निन्सीन तोदोके) भनिन्छ । त्यो निबेदन दिएकै दिन वडा कार्यालयबाट मातृशिशु स्वास्थ्य पुस्तिका (बोसी केन्कोउ तेच्यो) प्राप्त गर्न सकिन्छ । त्यो पुस्तकलाई छोटकरिमा “बोस्तेच्यो”पनि भनिन्छ । यो पुस्तिकामा आमा र बच्चाको स्वास्थ्य र प्रगतिबारे उल्लेख गरिन्छ।

बोसी केन्कोउ तेच्यो

यो पुस्तिका कार्यलयहरुमा पनि चेकजाचको लागि प्रयोगमा आउने हुदा गर्भवतीको स्वास्थ्य जाँच लगाएतको समयमा तपाई सधै झोला मै बोक्नुहोला । गर्भावस्थाको स्वास्थ्य जाँचमा पर्ने खर्च रकमको क्षतिपुर्ति दिने टिकट पनि यसै पुस्तकमा समाबेस गरिएको हुन्छ ।

त्यो पुस्तिका बच्चा १५ बर्ष हुदा सम्म प्रयोग हुने हुँदा सुरक्षितसाथ राख्नु होला ।

तेस्रोमा सुत्केरी शिशु स्याहार भत्ता रकम पाउनको लागि आवश्यक प्रकृयाका लागि काम गर्नु पर्छ । त्यसलाई जापानमा “स्युस्सानइकुजीइचिजीकिन तेचुजुकि” भनिन्छ । जापानमा बच्चा जन्माउनको लागि लगभग ५ लाख येन खर्च लाग्दछ । तपाईको (होकेन्स्यो)स्वास्थ्य बीमा भएको खण्डमा सुत्केरी शिशु स्याहार भत्ता रकम (स्युस्सानइकुजीइचिजीकिन) भुक्तानी गरिदिने हुँदा हाम्रो लागि त्यो ठुलै मात्रामा राहत हुन्छ ।

चौथो नम्बरमा आउछ बच्चा जन्मिसकेपछि र जन्मनु अगाडि आईपर्ने समस्या तथा गर्नैपर्ने कुराहरुको तयारी तथा तालिमहरु । आमा र परिवारले बच्चाको जन्म र हेरविचार को बारेमा सिकाइने कक्षाहरू बेलाबेलामा अस्पताल र वडा कार्यालयमा संचालन भैरहेका हुन्छन् । समय मिल्दा ति कलासहरुमा नयां नयां कुराहरु सिक्नुहोला । यत्तिकैमा यो कुरा पनि थपिहालें घरमा एक्लै भएको समयमा ओफुरो नबस्नुहोला ।

पाचौं नम्बरमा आउछ अस्पताल भर्ना र सुत्केरि हुनु । जापानमा सुत्केरि हुन अस्पताल जानै पर्छ है । बच्चा जन्मिसके पछि प्रायः जापानमा प्रसूति लगभग ५ दिन अस्पतालमा भर्ना गरिन्छ । कसो गर्ने होला कोहि छैन आफ्नो भनेर नडराउनुहोस् । सबै कुरा अस्पतालमा ब्यबस्था हुन्छ । आफन्तहरुले स्यहार सुसार गर्ने घर फर्किए पछि मात्र हो है ।
नोट. अस्पताल भर्ना हुनको लागि चाहिने आवश्यक सामग्रीहरू पहिले नै तयार पार्ने र प्रसव पिडा अर्थात व्यथा लाग्ने बेला अस्पतालसम्म कसरी जाने भन्ने कुराको थाहा पाई राख्नु होला।

यति भए पछि गर्वाबस्था देखि बच्चाको जन्म सम्मको प्रकृया पुरा हुनेछ ।
अर्को खण्डमा बच्चा जन्मिसके पछिका अफिसियल प्रकृयाको बारेमा आफ्नो अनुभव सहित जानकारि दिनेछु । अन्य पोष्ट हेर्दै गर्नुहोला ।

लेखकका अन्य लेखहरु

जापानमा काम गुमाउने कारणहरु(जानकारी)

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार