टोकियो/जापान । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा जापानका विभिन्न स्थानहरुमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
नेपाली नयाँ वर्ष २०८१ सालको अवसरमा गैरआवसीय नेपाली संघ राष्टिय समन्वय परिषद् जापान तथा क्षेत्रीय कार्यसमितीहरु र अन्य संघ संथाहरुको संयुक्त आयोजनामा जापानबासी सम्पूर्ण नेपालीहरुलाई लक्षित गरि बृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो।
एनआरएनए जापानका उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक सिद्धार्थ श्रेष्ठका अनुसार,यस पटक रक्तदानका लागि इच्छुक ५ सय जना भन्दा धेरैको सहभागिता रहे पनि स्वास्थ्य परिक्षणबाट ३०५ जना रक्तदानका लागि योग्य भएका थिए।
यस रक्तदान कार्यक्रमको सुरुवात गरेकी एनआरएनए जापानकी निवर्तमान उपाध्यक्ष संगिता अधिकारी सुवेदीलाई सम्मान समेत गरिएको थियो। उनि पहिलो र दोश्रो कार्यक्रम संयोजक समेत रहेकि थिइन् भने उनकै संयोजकत्वमा हरेक नेपाली नया वर्षलाई रक्तदान दिवसको रूपमा मनाउने निर्णय समेत भएको थियो।
कान्साई क्षेत्रमा ४७ जनाद्वारा रक्तदान
कान्साई क्षेत्रको ओसाकामा अप्रिल १५ तारिकमा भयको रक्तदान कार्यक्रममा करिब ४७ जना नेपाली तथा जापानी नागरिकहरुले रक्तदान गरेको एनआरएनए कान्साई क्षेत्रका कोषाध्यक्ष लक्ष्मण गैरेले जानकारी दिए।
कार्यक्रम आयोजकको तर्फबाट कान्साई क्षेत्रका सयोजक हरि प्रसाद कडेलले यस्ता सामाजिक र पुन्याका काममा लागि रक्तदान कार्यक्रम आगामी दिनमा पनि आयोजना गर्ने बताए । विदेशमा रहेर पनि नेपालीहरुलाई समस्या पर्दा सहयोग गर्ने तथा हरेक सामजीक काममा लागि पर्ने एनआरएनए कान्साईका उपसंयोजक टिआर गौडेलले बताए।
कान्साईको रक्तदान कार्यक्रममा एनआरएनए जापानका उपाध्यक्ष कृष्ण गैरे, सचिव दिलिप कडेल, पूर्व उपाध्यक्ष महेश कुमार कटुवाल, केन्द्रिय सदस्य विष्णु सापकोटा सामजसेवीहरु टिकाराम कडेल, मुक्तीराम खरेल, नरबहादुर थापा विकास अधिकारी लगायतको उपस्थीती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




