टोकियो/जापान। जापानलाई कर्मथलो बनाएका कर्णप्रिय आवाजका धनि गायक तथा संगीतकार मनोज केसी र आर के गुरुङको चौबन्धी तुना बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
पछिल्लो समय गित संगितको क्षेत्रमा उत्कृष्ट संगित गर्दै आउनुभएका सर्जक तथा गायक आर के गुरुङ, मनोज केसी र गायीका शान्ती श्री परियारको आवाजबाट सुसज्जित नयाँ गीत चौबन्धी तुना सार्वजनिक भएको हो ।
यहि जेष्ठ २३गतेबाट “RK GURUNG” OFFICIAL YOUTUBE च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा मनोज केसीको संगित तथा शब्द पनि मनोज केसी र आर के गुरुङ्कै रहेको छ । माया प्रेममा समर्पित उक्त गीतमा मनोज केसीले उत्कृष्ट शब्द तथा संगीत दिने कोसिस गरेका छन् ।
गीतका प्रत्येक शब्दले सुन्ने सबैको ध्यान केन्द्रीत गरेको छ । यस गीतको अडियो सँगै भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा पछिल्लो समयमा अभिनयको माध्यमबाट लोक गित संगीतका दर्शकहरुको मन जित्न सफल सुनिल क्षेत्री र अञ्जली अधिकारीको दमदार अभिनय गरेका छन् । निर्देशन तर्फ उनै चर्चित मोडल सुनिल क्षेत्री रहेका छन।
हुने बिरुवाको चिल्लो पात भने जस्तै गरि जन्मस्थान गनपा-०७, मल्म बाग्लुङ भएका गायक मनोज केसीले सानै उमेर देखिनै आफ्नो जादुमय स्वरले विद्यालय, मेला महोत्सवमा हुने हरेक कार्यक्रममा आफ्ना प्रस्तुति दिदै आएका थिए। रोजगारीका क्रममा जापानलाई कर्मथलो बनाएका केसी भन्छन् जिन्दगिका सबै सपनाहरु पुरा नहोलान तर पनि म ढुक्क छु किनकि सबै सपना पनि त अधुरो नरहलान त्यसैले समय, अवस्था जस्तोसुकै रहे पनि आफ्नो लोक गित संगितको यात्रा भने निरन्तर चलि नै रहनेछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




