टोकियो/जापान। नेपालीहरुको  बाक्लो बसोवास रहेको जापानको चिवा क्षेत्रमा नेपाल फेष्टिवल चिवा  सन २०२४ आयोजना गरिने भएको छ।

आउँदो  सेप्टेम्वर २२ आईतबार चिबाको  माचुदो शहरमा फेष्टिवल आयोजना गरिने  गैरआवासीय नेपाली संघ एनआरएनए जापान चिबा क्षेत्रिय समितिका संयोजक समिर खडकाले जानकारी  दिए ।

यसैबीच मंगलबार चिवा क्षेत्रमा बसोवास गर्ने नेपालीहरूको एक भेलाले राजनबावु सुवेदीको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ। भेलामा मुल आयोजक समितिसंगै विभिन्न उपसमितिहरू समेत गठन गरिएको संयोजक खडकाले जानकारी दिए ।

नेपाली राजदूतावास जापान, माचुदो सिटी तथा एनआरएनए जापानको विशेष सहयोगमा जापानीहरूमा नेपाली कला, संस्कृति सहित नेपालको पर्यटन प्रवर्द्वनका लागि पहिलो पटक चिबामा  फेष्टिवल आयोजना गर्न लागिएको संयोजक सुवेदीले जानकारी दिए।
एकदिन संचालन हुने फेष्टिवलमा नेपालको कलासांस्कृति प्रदर्शनी, नेपाली परिकारका स्टल सहित विभिन्न कार्यक्रमहरू गरि जापानीहरूमा नेपालवबारे जानकारी गराईने संयोजक सुवेदीले बताए ।

सोही अवसरमा भेलालाई सम्वोधन गर्दै एनआरएनए जापानका अध्यक्ष नवीन निउरेले नेपाललाई जापानीहरू माझ चिनाउन हरेक क्षेत्रमा विविध क्रियाकलाप अन्तर्गत  चिबामा फेष्टिवल आयोजना हुनुले पर्यटन प्रवद्वनमा टेवा पुग्ने विश्वास व्यक्त गरे  ।

पोस्टर सार्वजानिक
यसैबीच सोही भेलामा नेपाल फेष्टिवल चिवाको पोस्टर सार्वजानीक गरिएको थियो। सो अवसरमा चिवा क्षेत्रका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहित व्यवसायी, पत्रकार तथा गैरआवासीय नेपाली संघका पदाधिकारीहरूको समेत सहभागिता रहेको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार