टोकियो/जापान। बिहुँकोट समाज जापानद्वारा आयोजित सद्भाव बार्बेक्यु कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम शनिबार,टोकियोको कासाई रिन्काई पार्कस्थित बार्बेक्यु एरिनामा सम्पन्न भएको हो।

कार्यक्रम एनआरएनए जापानका अध्यक्ष नबीन निऊरे,उपाध्यक्ष सुभाष लामिछाने,उपाध्यक्ष सिद्धार्थ श्रेष्ठ , महासचिब टिकाराम खरेल, निबर्तमान अध्यक्ष शिब पौडेल ,बाग्लुगं समाज जापानका अध्यक्ष यमकान्त कंडेल , कास्की पोखरा समाज जापानका अध्यक्ष सन्देश अधिकारी, चितवन समाज जापानका उपाध्यक्ष प्रदीप खरेल, लेखानी समाज जापानका अध्यक्ष खगराज कंडेल ,पर्वत समाज जापानका महासचिब राम बास्तोला, धादिगं समाज जापानका निवर्तमान अध्यक्ष दिनेश लोहनी , खानागावा नेपाली कम्युनिटीका संस्थापक अध्यक्ष हरी सापकोटा ,नेपाली कांग्रेस महासमिती सदस्य राजेन्द्र जमरकट्टेल, नेता सुभाष लोहनी , नेपालबाट आएका बालकृष्ण कंडेल ,अर्जुन कंडेल, समाजका सरंक्षक दिपक सुबेदी, सहसरंक्षक डिपी कंडेल, समाजका पुर्व अध्यक्ष सन्तोष कंडेल ( सागर ), गोपाल शर्मा ( अशोक ) , निबर्तमान अध्यक्ष घनश्याम कंडेल ,मालिका समाज जापान का पूर्व अध्यक्ष गुरुप्रसाद सापकोटा , कार्यक्रम सयोंजक रामु कंडेल,कार्यसमिति महिला दिदिबहिनिहरु- सरिता कंडेल सिता सुबेदि , लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष,दीपक कँडेलका अनुसार, यस पटकको बार्बेक्यु कार्यक्रम अन्तर्गत दोस्रो चरण को कार्यक्रम आत्मिय सद्भाव कायम गर्न को लागि गरिएको दोस्रो पुस्ताका १९ बर्ष मुनि का ३८ जना बालबालिका हरुको घैटोफोर कार्यक्रम र बत्तृत्वकाला कार्यक्रम निकै नै रोचक बनेको थियो। साथै बक्तृत्व कलामा भाग लिने नानीबाबुहरुको भावना सुन्दा कार्यक्रम उपस्थित भयका अबिभावक हरुलाइ अत्यन्तै भावुक बनाइदिएको थियो । कतिपय जापानमै जन्मेर हुर्केर आफ्नो परिवारको बारेमा र बिहुकोट को बारेमा अत्यन्त गहकिला बिचारहरु राखि सबैलाइ भावुक बनाए़का थिए भने कतिपय बाबु नानि हरु नेपालमा जन्मेर हुर्केर आफ्नो जन्मभुमि बिहुकोटको माया , बाबु आमा बिदेश मा रहदै गर्दा आफ्ना हजुरबुवा आमाले दियको माया हाल घरमा ( नेपाल ) एक्लै संझेर रोएको दृश्यले झनै भावुक बनाइ दिएको थियो।

बक्तृत्वकलामा उत्कृस्ट हुने १८ बर्षका संघर्ष सुवेदी र ६ बर्षका बिराट कंडेललाई पुरस्कार सहित सम्मान गरिएको थियो भने घैटो फोरमा पुजा कंडेल , जयस कंडेल , अग्रिम कंडेल , मिजुना शर्मालाइ पनि पुरस्कार सहित संमान गरियको थियो।

समाजका अध्यक्ष कँडेलले नेपालन्युजसंग भने-“अविभावक र बावुनानिहरुको परिचयात्मक कार्यक्रमले बिहुकोट समाजको संस्कार, पहिचान , समुदाय प्रतिको माया पुस्ता हस्तान्तरणमा निकै ठुलो देन भयको महसुस गरेका छौ ।यस्ता कार्यक्रम मार्फत आगामि दिनमा पनि पुस्ता हस्तान्तरणको लागि बावु नानिहरुको प्रतिभा लाइ प्रोत्साहन गर्न अझै बृहत रार्यक्रम गर्नु पर्ने महसुस गरेका छौँ।”

कार्यक्रममा १९ बर्ष भन्दा मुनिका ३८ जना नानीबाबुहरु सहभागि भएका थिए । सहभागिहरुमा – अनिष कंडेल ,कृतिका निउरे,पुस्पा कंडेल,दिक्षा कंडेल,पुजा कंडेल,अपिक्षा कंडेल,अनुपा कंडेल,अर्पण कंडेल,अग्रिम कंडेल,गौरा कंडेल,शंखर कंडेल,प्रितिक कंडेल,किरन न्युरे ,सौगात कंडेल,कृस्न भट्टराइ,मिजुना शर्मा,मेलिना शर्मा,सक्षम कंडेल,आयुस सापकोटा,आयुस आचार्य ,अस्मिता कंडेल,अनुपम कंडेल,दिक्क्षित कंडेल,बिराट कंडेल,शंकर कंडेल,बिनोद सुबेदि,कृतज गौतम
,जयस कंडेल,बिबेक सुबेदी,सुगम कंडेल,संघर्ष सुबेदि ,बिगुल कंडेल,अनुस्का सापकोटा,सृस्टि रिजाल,प्रतिक कंडेल,बिदिजा कंडेल,बिलव मान सिंग भन्डारि र दिपेश कंडेल रहेका थिए ।

कार्यक्रम महासचिव अर्जुन कँडेलले संचालन गरेका थिए भने,संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रामु कँडेलले स्वागत मन्तव्य राखेका थिए।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार