टोकियो/जापान। चर्चित गायिका तृष्णा गुरुङ २६ औ रोधीं साँझका लागि अगष्ट महिनामा जापान आउने भएकी छन् ।

भ्वाइस आफ नेपाल तेश्रो सिजनकी कोचसमेत रहेकी गायिका गुरुङको ‘माया पिरती, खानी हो यामी, गाइने दाजैले, साँझको बेला, तिम्रो मेरो प्रेम, गुराँसै फुल्योसहित दर्जन बढी आफ्ना चर्चित रहेका छन ।

अगष्ट १८ तारिक आफ्नो ब्यान्डसहित लाइभ प्रस्तुति दिने गुरुङको कार्यक्रम सिन्जुकु वार्प (WARB खाल्डो) मा हुने तमुधीं जापानका अध्यक्ष हिमाली गुरुङले जानकारी दिइन् ।

नेपाली संगीतकर्मीका रुपमा बेलायतको रोयल अल्बर्ट हलमासमेत प्रस्तुति दिइसकेकी गुरुङका गीत युवा पुस्तामाझ चर्चित छन्। उनको ‘हस्की’ स्वर स्रोतामाझ लोकप्रिय छ।

विगत तिन दशक देखि गुरुङ एवं जापानबासी नेपालीहरु विच सहकार्य गर्दै आईरहेको तमुधींको आयोजनामा रोधीं सांझ २६ औ हो ।रोधीं सांझमा हेर्न आउने दर्शकले ५ सय सहित पुरस्कारहरु पाउने

तमुधीं स्थापनाको ३ दशक एवं रोधीं सांझ २६ औ पटक सम्म सफलता पूर्वक आयोजना गरेको अवशरमा तृष्णा गुरुङका शुभचिन्तकहरुलाई तमुधीं जापानले जापान मनि ट्रान्सफर (JME) को सहकार्यमा रोधीं सांझको टिकट लिने दर्शकलाई ५ सय ऐन छुट दिने योजना बनाएको कार्यक्रम संयोजक मान गुरुङले जानकारी दिए।

रोधीं सांझको टिकट लिएपछि JME सेवा डाउनलोड मार्फत ५ सय येन छुट  सहित हरेक पटक पैसा पठाउदा २०% बोनस पोइन्ट्स पाइने  तथा  एकजान साथिलाइ परिचय गराए बापत थप ५ सय बोनस पोइन्ट्स प्राप्त गर्न सकिने बताईएको छ।जेएमई एप्लिकेशन डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस्

रोधी साँझको टिकट अनलाईनबाट पनि लिन सकिनेछ। अनलाईनबाट टिकट लिनका लागि पोस्टरमा रहेका  क्युआर कोड(QR Code )बाट अथवा यस लिंकको प्रयोग गर्न सकिनेछ।

अनलाईन टिकटका लागि यहाँ क्लिक गर्नुहोस्

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार