टोकियो/जापान। जापानीहरुको जनसंख्या पछिल्लो १५ वर्षदेखि निरन्तर घटेको छ। यस वर्षको जनवरी १ तारिखसम्ममा जापानको कुल जनसंख्या १२ करोड ४८ लाख ८० हजार जनाभन्दा अधिक रहेको थियो। जुन अघिल्लो वर्षको तुलनामा लगभग ५ लाख ३० हजार जनाले कमी हो ।
जापानमा जापानीहरुको जनसंख्या निरन्तर घट्दै गएको छ भने अर्कोतिर विदेशीहरुको जनसंख्या भने बढ्दै गएको छ। अघिल्लो वर्षको तुलनामा यस वर्षको जनवरी १ मा जापानमा विदेशीहरुको जनसंख्या पहिलो पटक ३० लाख नाघेको रेकर्ड सार्वजनिक भएको थियो ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको रिपोर्ट अनुसार, आधारभूत निवासी दर्ताको आधारमा गत जनवरी १ तारिखसम्ममा विदेशीहरू सहित जापानको कुल जनसंख्या १२ करोड ४८ लाख ८५ हजार १ सय ७५ जना थियो। यो संख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा ०.४२ प्रतिशत यानेकी ५ लाख ३१ हजार ७ सय २ जनाले घटेको थियो।
सो अवधीमा विदेशीहरू बाहेक जापानी जनसङ्ख्या १२ करोड १५ लाख ६१ हजार ८ सय १ जना रहेको थियो। यो संख्या सन २०२३ को सोही अवधिको तुलनामा ८ लाख ६१ हजार २ सय ३७ जना यानेकी ०.७ प्रतिशतले घटेको थियो।
सन १९६८ मा सर्वेक्षण सुरु भएदेखि जापानको कुल जनसंख्या र गिरावटको दर दुवै सबैभन्दा ठूलो थियो। जापानको जनसंख्या सन् २००९ मा १२ करोड ७० लाख ७० हजार पुगेको थियो। त्यसयता भने जापानी जनसङ्ख्या लगातार १५ वर्षदेखि घट्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




