टोकियो/जापान। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् जापानले ,संघको लेटरहेडको दुरुपयोग गर्दै संघका बहाल पदाधिकारीको नाम जोडेर फर्जी कागजात गराई नेपाली नागरिकलाई पर्यटन भिसामा जापान ल्याइएको बारेमा उक्त फर्जी कागजात बनाइ किर्ते गर्ने समिर लामा सहित पत्रकार सम्मेलन गरि सत्य/तथ्य सार्वजनिक गर्ने बताएको छ।

केहिदिन अघि जापानबाट संचालित नेपाली भाषी अनलाईन मिडिया क्योदाईन्युजले यस विषयमा समाचार प्रकाशन गरे लगत्तै गैरआवासीय नेपाली संघ जापालने आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्ती पनि सार्वजनिक गरेको थियो।

विज्ञप्तिमा जनाईए अनुसार,

एनआरएनए जापानका पदाधिकारी एनआरएनएका अभियन्ता सहितको नाममा एनआरएनए जापानको नामबाट नक्कली स्पोन्सर लेटर तयार पारी पर्यटक भिसा (Tourist Visa) मा ५० जना भन्दा बढि नेपाली नागरिकलाई जापान भित्र्याइएको र त्यसबारेमा सम्बन्धित निकायहरु मार्फत अनुसन्धान तथा छानबीन प्रकृया अघि बढाईएको छ ।

यस्तो थियो एनआरएनए जापानद्वारा जारी विज्ञप्ती

किर्ते गरेका भनिएका,समिर लामा सहित पत्रकार सम्मेलन

गैरआवासीय नेपाली संघ जापानका प्रवक्ताले जानकारी गराए अनुसार,यहि जुलाई २५ तारिख टोकियोस्थित रोयल गार्डेनको हलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

“फर्जी कागजातको आधारमा पर्यटन भिसामा जापानमा नेपाली नागरिक ल्याइएको बारेमा पत्रकार सम्मेलन”
स्थान: स्थान -Royal garden lounge & bar
📮169-0073
2 Chome-17-11 Hyakunincho, Shinjuku City, Tokyo
मिति २०२४ जुलाइ २५ तारिख
समय: दिउँसो ठिक २ बजे

यस विषयका विस्तृत समाचार हेर्न यो लिंकमा क्लिक गर्नुहोस्

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार