टोकियो/जापान। दयाहाङ् राई र मिरुना मगर अभिनित, यस वर्षको प्रतीक्षित मध्ये एक,सांस्कृतिक विषयवस्तुमा केन्द्रित नेपाली चलचित्र “घरज्वाईँ” अगस्ट ११ तारिख जापानको राजधानी टोकियोमा प्रदर्शनी गरिने भएको छ।

मगर संघ जापानका अध्यक्ष रामहरि खपांगी मगरका अनुसार “घरज्वाईँ”अगस्ट ११ तारिख,साँझ ६ बजे टोकियोस्थित बुन्क्यो सिभिक सेन्टरको हलमा प्रदर्शन गरिनेछ।

मगर समुदायको घरज्वाइँ चलनको जीवन्त कथालाई कलात्मकरुपमा वास्तविक स्वादमा प्रस्तुत गरिएको चलचित्रलाई मगर समुदायले मात्रै नभई,समग्र नेपाली दर्शकहरुले उल्लेख्यमात्रामा रुचाइरहेका छन् ।

“घरज्वाईँ” वास्तविक मगर समुदायको,एक मगर गाऊँ को कथा हो । मगर समुदायको जन्म देखी मृत्यु सम्मको संस्कार संस्कृति देखाइएको अर्गानिक नेपाली चलचित्र- रुकुमको  तकसेरा बाछीगाऊँ लुगुम लगाएत मगर गाऊँमा  छायांकन गरिएको  छ। यो, अन्तरास्ट्रिय अवार्ड हरु जीतेको आग्रे, लोम्बा लगाएत डकुमेंट्री निर्माण गरिसकेका निर्देशक अनिल बुढ़ा मगर को डेब्यू फीचर फिल्म हो ।

वर्षा यामको बाबजुद पनि मुलधारका हलहरुमा यो फिल्म हेर्न पुगेका दर्शकको उपस्थितिलाई उत्साहपूर्ण मानिएको छ।अनिल बुढा मगरको लेखन एवं निर्देशन रहेको फिल्ममा दयाहाङ र मिरुनासहित बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले लगायतको अभिनय छ। यस चलचित्रलाई जनक घर्ती मगरले निर्माण गरेका हुन् । जापान डिस्ट्रीब्यूशनको अधिकार भने आन्वि ईन्टरटेन्मेन्टले पाएको छ।

अनलाईनबाट टिकट लिनका लागि यहाँ क्लिक गर्नुहोस्

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार