टोकियो/ जापान। साहित्यिक चौतारी नेपाल जापान शाखाको तेस्रो अधिवेशन तथा रचना वाचनका साथै सर्जक खेमराज ओझाको कृति “छोक्रा” को विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
आइतबार टोकियोको सिनओकुबो स्थित रोयल गार्डेन रेष्टुरेण्टको हलमा सम्पन्न अधिवेशनले सरीता ढकालको नेतृत्वमा नयाँ कार्यसमितीको चयन गरेको हो ।
कार्यसमितीको अध्यक्षमा सरीता ढकाल, उपाअध्यक्ष राजविन थापा, सह- उपाअध्यक्ष (महिला) सुजाता शर्मा, सचिवमा शारदा पाण्डे, सह-सचिवत्रयमा दिपेन्द्र पोखरेल, श्याम कृष्ण लामा, खेमराज ओझा, कोषअध्यक्षमा मन कुमारी अंगाई, सह-कोषअध्यक्ष दिया शाह रहेका छन् । त्यस्तै गरी कार्यसमितीका सदस्यहरूमा सोविता अधिकारी, पवित्रा गिरी, सरोज धमला, गीता बस्याल, कमला पुडासैनी, गोपिनी आचार्य, तारा खनाल र पम्फा पाण्डे अंगाई रहेको बताईएको छ।
अधिवेशनले संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्ष विन्दा पराजुली बराल र निवर्तमान अध्यक्ष अमरदेव बास्तोला संरक्षक रहने र त्यस्तै गरी डा• बलराम श्रेष्ठ, सिद्धार्थ श्रेष्ठ, अनिता गुरूङ, गृष्मा पौड्याल, धन बहादुर वि•क, प्रकाश के.सी, सुस्मा पोखरेल खरेल र राजेन्द्र जमरकट्टेललाई सल्लाहकार समितीमा चयन गरेको छ।
कार्यक्रममा जापान नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष तथा कानून व्यवसायी डा• बलराम श्रेष्ठ, एनआरएनए जापानका उपाध्यक्ष सिदार्थ शेष्ठ र अन्तर्राष्ट्रीय नेपाली समाजका अध्यक्ष, प्रकाश केसी बिशेष अतिथीको रूपमा उपस्थित थिए । त्यस्तै गरी ग्लोबल फोरामका संयोजक तथा एनआरएनए जापानका सल्लाहकार धन बहादुर विक, विश्व नेपाली साहित्य महासंघ(विनेसाम)का अध्यक्ष देवी बहादुर इङनाम, नेपाल आदिवासी जनजाति महासंघ नेफिन जापानका महासचिव प्रमिला राई, अनेसासका बोर्ड अफ ट्रस्टी तथा साहित्यकार गृष्मा पौड्याल, गोरखा समाज जापानका अध्यक्ष चुडामणी भट्टाराई, नेपाली जनसम्पर्क समितीका राजेन्द्र जमरकट्टेल लगायतका अतिथीहरू रहेका थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




