टोकियो/ जापान। जेआर इस्ट  रेलवे कम्पनीले ट्रेन पासको रुपमा प्रयोग गरिने आईसि कार्ड सुइका जारी गर्न पुन: सुरु गर्ने भएको छ। जेआरले गत वर्षदेखि सुइका बिक्री स्थगन गरेको थियो।

जापानमा ट्रेन चढ्ने समयमा स्वचालित टिकटका रुपमा लामो समयदेखि प्रचलनमा रहँदै आएको सुइका बनाउन लागि आवश्यक चिप्सको विश्वव्यापी अभावले गर्दा अघिल्लो वर्षदेखि बिक्री बन्द गरिएको थियो। यो अवधीमा मानिसहरुले स्मार्ट फोन एप्सहरु मार्फत प्रयोग गरिरहेका थिए।

सुइका रिचार्जेबल ट्राफिक कार्ड आईसी चिपसँग इम्बेड गरिएको छ र ट्रेन भाडाका साथै किनमेलको लागि प्रयोग गर्न सकिन्छ।

त्यसो त जेआर इस्टले दर्ता नभएका कार्डहरूको बिक्री मात्रै रोकेको थियो। नाम,ठेगाना दर्ता गरि मासिकरुपमा ट्रेन पासकारुपमा प्रयोग गर्नेहरुको सवालमा भने कार्ड अहिले पनि बिक्री भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार