टोकियो/जापान। १६ तारिख ताईफुको त्रासपछि, मस्त खुलेको आकाससंगै पूर्वी र पश्चिमी जापानमा आज १७ तारि़ निकै घमाईलो र उच्च गर्मीको दिन रह्यो ।
मौसम विज्ञान एजेन्सीको रेकर्ड अनुसार आज,१७ तारिख पुर्वी तथा पश्चिमी जापानका विभिन्न स्थानहरुमा ३९ डिग्रीसम्मको गर्मी भयो ।
यो गर्मी अझै केहिदिन कायमै रहने अनुमान गरिएको छ। १७ तारिख साँझ मौसम विज्ञान एजेन्सीले जनाए अनुसार भोलि १८ तारिख जापानको नागोया तथा गिफु सहरमा उच्च गर्मी हुनेछ ।तपाई यदि ति स्थानमा बसोबास गर्नुहुन्छ भने गर्मीबाट हुनसक्ने सम्भावित बिरामीबाट जोगिन प्रशस्त पानी पिउने,वातानुकूलित घर तथा कोठमा बस्ने एवं अत्यावश्यक काम बाहेक चर्को घामा बाहिर ननिस्किने जस्ता उपायहरु अबलम्बन गर्नुहोला ।
१८ तारिख नागोया, गिफु र काजेया,तोचुकावा लगायतका स्थानहरुमा तापक्रम ३८ देखि ४० डिग्रीको आसपासमा हुने पुर्वानुमान गरिएको छ भने
यामागुची, ह्योगो, ओसाका, हिरोशिमा, ताकामाचु, कुमामोतो , कोब, फुकुओका लगायतका स्थानहरुमा पनि अत्याधिक गर्मी हुनेछ।
जापान मौसम विज्ञान एजेन्सी र वातावरण मन्त्रालयले १८ तारिखका लागि कान्तो -कोशिनदेखि क्युसुसम्मका २८ प्रिफेक्चरहरुका लागि ‘हिटस्ट्रोक चेतावनी’ जारी गरेको छ। जापानभर उच्च गर्मी बढेसंगै दैनिक हज्जारौँ मानिसहरु बिरामी अस्पत्ताल भर्ना भएका छन् भने सयौँ मानिसहरुको ज्यान गइसकेको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




