टोकियो/यो वर्षको जुन महिनाको अन्त्यसम्मको ६ महिनामा जापानको नारिता विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्ने विदेशीको सङ्ख्या पहिलो पटक एक करोड नाघेको छ, जुन यो अवधिमा अहिलेसम्मकै उच्च हो ।

नारिता विमानस्थल कम्पनीका अनुसार यस वर्षको जनवरीदेखि असारसम्मको ६ महिनामा करिब एक करोड ६४ लाख विदेशीले नारिता विमानस्थल प्रयोग गरि अन्तर्राष्ट्रिय उडान भरेका छन् ।

यस गत वर्षको सोही अवधिको तुलनामा ४७% र कोरोना भाइरसको महामारी अघिको सन २०१९ को तुलनामा १६% ले वृद्धि भएको हो । यस वर्ष उक्त अवधिमा रेकर्ड भएको यात्रुहरुको संख्या सन् १९७८ मा विमानस्थल खुलेदेखिकै उच्च हो ।

जापानी येन ऐतिहासिक कमजोर बनेपछि, मुख्यतया एसियाका अपेक्षाकृत नजिकका गन्तव्यहरू दक्षिण कोरिया र ताइवानमा उडानहरूको अधिक भएपछि यस्तो उच्च रेकर्ड बनेको बताईएको छ।

अर्कोतर्फ, कमजोर येनको प्रभाव र लगातार उच्च हवाई भाडाका कारण, अन्तर्राष्ट्रिय उडानहरूमा जापानी यात्रुहरूको संख्या लगभग ३५ लाख ५० हजार मात्रै रहेको छ । यो संख्या सन २०१९ मा १ करोड ५४ लाखभन्दा बढि रहेको थियो।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार