ओसाका/जापान। जापानको ओसाका चुरुमी रेउकुची पार्कमा अवस्थित विश्वका विभिन्न देशहरुमध्ये नेपालको नामबाट रहेको पशुपतिनाथ मन्दिरको सरसफाई गरिएको छ। शनिबार नेपाली युवाहरुको समूह – ब्लु ब्वाईज युनियनका सदस्यहरुद्वारा सरसफाई गरिएको हो ।
राम कृष्ण केसीको नेतृत्वमा अन्य सदस्यहरुको पनि उपस्थित रहेक थियो भने उक्त सरसफाई कामको लागि वडा कार्यलयसँग कुराकानी गरेर सुरु गरिएको थियो र फोहोरको लागि आवश्यक सामाग्री र फोहोरको व्यवस्थापन भने वडा कार्यलयको कर्मचारीबाट नै गरिएको थियो।
हालै ओसाकामा रहेका केहि युवा साथिहरु मिलेर सुरुवात भएको ब्लु ब्वाईज युनियनको यो पहिलो चरणको सुरुवाती सरसफाई काम हो भने आगामी दिनमा पनि यस्तै चरणबद्ध तरिकाले सरसफाईलाई निरन्तरता दिँदै अन्य सामाजिक काम गर्दै जाने कार्यक्रम संयोजक रामकृष्ण केसीले जानकारी दिए ।
जापानको ओसाका चुरुमी वार्डमा रहेको यो मन्दिर नेपालको विश्वसम्पदामा सुचिकृत पशुपतिनाथ मन्दिरको ढाँचामा रहेको छ भने उक्त मन्दिरमा विदाको समयमा नेपालीहरु घुमफिर साथै दर्शनका लागि पनि जाने गर्दछन। सोहि नेपाली मन्दिर रहेको क्षेत्र परिसरमा करिब २० भन्दा बढी अन्य देशका पनि मन्दिरहरु रहेका छन।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




