टोकियो/जापान। २७ तारिखदेखि शक्तिशाली ताईफु न १० पश्चिमी जापान र कागोशिमा प्रिफेक्चरको अमामी क्षेत्रसम्म पुग्ने बताईएको छ। जसले पश्चिमी र पूर्वी जापानको प्रशान्त क्षेत्रमा भीषण हावा र भारी वर्षाको जोखिम ल्याउँनेछ।
यस पटक पनि जापानको मौसम विज्ञान एजेन्सीले तीव्र हावा, उच्च छाल र बाढी/पहिरोबाट हुनसक्ने सम्भावित क्षति न्युन गर्न आवश्यक कडा सतर्कता अपनाउन आग्रह गरेको छ। मौसम विज्ञान एजेन्सीले भनेको छ- कृपया २६ तारिख साँझसम्म ताईफुको पुर्वतयारी पूरा गर्नुहोस्।
यो ताईफु १०, यहि २७ तारिखदेखि पश्चिमी जापान र कागोशिमा प्रिफेक्चरको अमामी क्षेत्रसम्म पुग्ने गरी उत्तरतर्फ बढ्ने अपेक्षा गरिएको छ। ताईफु नजिकिँदै गर्दा, पश्चिमी जापानमा २७ तारिख अधिकतम ३० मिटर हावाको गतिको बढ्दै जानेछ। त्यहाँ तीव्र हावा चल्ने जोखिम छ जसले चलिरहेको ट्रकहरू समेत पल्टाउन सक्नेछ। त्यसैले साबधानी अप्नाउनुहोला।
ताईफु १० नजिकिँदै गर्दा,२७ र २८ तारिख फेरि जापानको आन्तरिक उडान तथा बुलेट ट्रेन सेवाहरु बन्द आँकलन गरिएको छ। जेआर तोकाईदोले आफ्ना केहि सेवाहरु बन्द तथा ढिला हुने अग्रिम जानकारी गराईएको सकेको छ भने जेआर इस्टले पनि जोएचु,यामागाता लगायतका बुलेट ट्रेन सेवाहरु प्रभावित हुने बताईएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




