टोकियो/जापान। एभरेस्ट इनरनेश्नल स्कुल जापानले यहि सेप्टेम्बर ६ तारिखका दिन “Mr. EISJ, Ms EISJ 2024”कार्यक्रम सम्पन्न गरेको छ।
एभरेष्ट इन्टनेशनल स्कुल, जापानका विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष मेघराज नेपालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रम विद्यालयको आफ्नै सभा हलमा आयोजना भएको थियो भने,
कक्षा ८ देखि १२ सम्म अध्ययनरत २८ जना छात्रछात्राहरू सहभागी भएका थिए।
नेपालका विभिन्न जातजाती धर्म संस्कृति आदि झल्कने पोशाकमा सजिएर विद्यार्थीहरु सहभागी भएका थिए भने, कार्यक्रमको निर्णायक मण्डलमा विद्यालयका शिक्षक/शिक्षिकाहरू नमिता तिमल्सिना, शशि बुर्लाकोटी, गायत्री धिताल श्रेष्ठ र डा. राजन केसी रहेका थिए ।
३ चरणमा विभाजन गरि संचालन तथा सम्पन्न कार्यक्रमको पहिलो र दोस्रो चरण पार गरेका १० जना विद्यार्थीहरू अन्तिम चरणमा प्रवेश गरि प्रतिष्पर्धा गरेका थिए। अन्तिम चरणबाट सेकेण्ड रनरअप छात्रतर्फ कक्षा ११ मा अध्ययनरत सागर कुँवर र छात्रातर्फ कक्षा १० मा अध्ययनरत स्नेहा न्यौपाने,त्यसै गरी फर्स्ट रनरअपमा छात्रतर्फ कक्षा ८ मा अध्ययनरत लियुल योञ्जन र छात्रातर्फ कक्षा ११ मा अध्ययनरत रक्षा कंडेल रहन सफल भएका थिए।
कार्यक्रममा छात्रतर्फ “ Mr EISJ 2024”मा कक्षा ११ मा अध्ययनरत जम्बियन नागरिक चिसा टाइरिस कावेजा र छात्रातर्फ “Ms EISJ 2024”मा कक्षा १० मा अध्ययनरत विद्यार्थी समृद्धि पोखरेलले ताज पहिरिएका थिए।
अन्त्यमा सम्पूर्ण विजयीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले ताज, प्रमाणपत्र तथा उपहार प्रदान गरेका थिए।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




