ओसाका जापान । मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित नेपाली फिल्म ‘खुस्मा’ जापानमा पनि प्रदर्शन हुने भएको छ । जापानमा फिल्म वितरणको अधिकार खुर्पेटो प्रोडक्सनले किनेको म्यानेजिङ डाईरेक्टर अनुप काउछा भिमले जानकारी दिनु भयो । जापानका विभिन्न शहरहरु ओसाकामा अक्टोबर ६ तारिक, गुन्मा केनमा अक्टोबर २० तारिकमा र किताक्युशुमा नोभेम्बर १७ तरिकमा प्रर्दशनको मिति तय भएको फिल्मका वितरण व्यवस्थापक पूर्ण गर्बुजाले बताउनु भयो । टोकियो र फुकुओकामा भने मिति तय हुन बाकीं रहेको पनि जानकारी दिनु भयो ।
लेखक एवं निर्देशक अशोक थापा मगरले बताए अनुसार फिल्मले जनयुद्धको प्रभावकाबीच अंकुराएको प्रेमलाई देखाउन खोजेको छ। फिल्मलाई एम मिडिया प्रालिले निर्माण गरेको हो । निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन् । सहनिर्माता सुस्मिता बुढाथोकी हुन् । फिल्म दीपक बज्राचार्यको छायांकन रहेको छ ।
खुस्मामा’ अशोक थापा मगरको लेखन तथा निर्देशन रहेको मगर समुदायको पृष्ठभूमिमा आधारित प्रेमकथामा बनेको फिल्म हो । फिल्ममा धिरज मगर उपासना सिंह ठकुरी, माओत्से गुरुङ, खड्क बहादुर पुन ९खबपु०, सुजाता राई, विजय संयोजक सुब्बा, राजु रेग्मी मगर, राज थापा काउचा, अस्तित्व भट्टचन, सङ्गीता थापा मगर, अरुण पुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर, दुईसाङ थिङ लगायतका कलाकारको अभिनय छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




