टोकियो/जापान। केहिदिन अघि नयाँ प्रधानमन्त्री चयनको पूर्वार्धमा सकारात्मक बनेको जापानी येनको भाउ ३ तारिख बिहिबार फेरि घट्यो। ३ तारिख जापानी येनको विनिमयदर प्रतिडलर १४७ येनको स्तरसम्म घट्न पुग्यो ।
किन घट्यो त येनको भाऊ ?
बैङ्क अफ जापानका गभर्नर उएदासंगको भेटपछि प्रधानमन्त्री इसिबाले आफुलाई व्यक्तिगत रूपमा अहिले ब्याजदर बढाउने अनुकुल वातावरण छ जस्तो नलागेको अभिव्यक्ति दिए पश्चात, बैंक अफ जापानले चाँडै नै ब्याजदर बढाउने अपेक्षामा गिरावट आयो। परिणामस्वरूप अल्पकालिन् लगानीकर्ताहरु तुलनात्मक लाभ हुने,डलरतर्फ आकर्षित हुन पुगे । जसले गर्दा जापानी येनमा एकैदिन ठूलो गिरावट देखियो ।
समग्रमा यो वर्षको अक्टोबरसम्ममा जापानी येनमा खासै उत्साहजनक वृद्धि भएको छैन। केहिदिन अमेरी व्याजदरमा केहि गिरावट देखिँदा र जापानमा पनि नयाँ मन्त्रीमण्डल आएसंगै केन्द्रिय बैंकको नीतिमा केहि परिवर्तन हुनसक्ने आँकलनले गर्दा लगानीकर्ताहरु केहि आकर्षित हुँदा १४१ येनको स्तरसम्म पुगेको थियो। यद्यपी,जापानका नयाँ प्रधानमन्त्री पनि यस अघिकै मन्त्रीहरुकै समकालिन तथा एउटै पार्टी मात्रै नभई उस्तै उमेर समूहका व्यक्ति हुन जसले देशमा वर्षौँदेखि कायम मुद्रानीतिलाई रातारात परिवर्तन गर्ने खासैँ सम्भावना छैन। जसले गर्दा जापानी येनमा तत्काल कुनै चमात्कारिक सुधार देखिने अपेक्षा गरिएको छैन।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




