टोकियो/जापान। आउँदो मार्चमा ग्राजुयसन गर्ने जापानका विश्वविद्यालयका ९६ प्रतिशत विद्यार्थीहरुको जागिर निश्चित भइसकेको एक अनुसन्धान कम्पनीले जनाएको छ।

टोकियोमा आधारित एक रिक्रुट कम्पनीको सर्वेक्षण अनुसार सन २०२५ को मार्चमा कलेजको पढाइ सक्काउने योजनामा रहेका देशभरका ९६ प्रतिशत विद्यार्थीहरुले अप्रिलबाट गर्ने जागिर निश्चित गरिसकेका छन् । जापानमा सामान्यतः विश्वाविद्यालय सकिनु अघिनै जागरि निश्चित गरिसक्ने ट्रेन्ड छ। कम्पनीहरुले पनि सोहि अनुरुप विद्यार्थीहरुको कलेज सकिनुअघिनै कलेज सकिना साथ काममा लगाउन सकिनेगरि अग्रिमरुपमा नियुक्ति तथा आवश्यक तालिमहरु दिएर तयार पार्ने गर्दछन् ।

यस वर्ष जापानमा विगतका तुलनामा रोजगारदाताहरुको अफर अधिक रहेको देखिएको छ। यस अघिको वर्षको सोहि अवधीमा भन्दा यस पटक ३.९ प्रतिशत बढि विद्यार्थीहरुको जागिर अक्टोबर पहिलो सातासम्ममा निश्चित भइसकेको हो ।

यो यहि अक्टोबर १ देखि ४ तारिखसम्म रोजगारी समर्थन वेवसाईट रुकुनावी मार्फत गरिएको गरिएको सर्वेक्षणको नतिजा हो । यस सर्वेक्षणमा विश्वविद्याल चौथो वर्षका ७९० जना विद्यार्थीहरु सहभागी भएका थिए।

जापानमा,स्वदेशी तथा विदेशी सबै विद्यार्थीहरुले रोजगारी खोज्ने प्रकृया एउटै हो। यस सर्वेक्षणमा जापानी मात्रै नभई विश्वविद्यालय अध्ययन गर्ने विदेशी विद्यार्थीहरु समेत सहभागी थिए। तर नेपाल लगायतका मुलुकका विदेशी विद्यार्थीहरुको ४ वर्षे विश्वविद्यालयभन्दा २ वर्षे भोकेश्नल कलेजप्रति अधिक आकर्षण रहने गरेको छ। जसको कारण राम्रो र ठूला कम्पनीहरुमा प्रतिष्पर्धी रोजगारीहरुमा पहुँच न्युन रहँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार