टोकियो/जापान। जापानलाई कर्मभूमि बनाउँदै आएका सर्जक दीपेन्द्र अधिकारीले ‘सपना सजाइ’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् । गित डिए क्रिएसन्स युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गितमा,अवसरको खोजीमा विदेशिएका लाखौं नेपालीको भावनाको प्रतिनिधित्व गर्ने खालको सन्देश रहेको छ। यसअघि पनि सर्जक अधिकारीले विभिन्न सामाजिक सन्देशमूलक गीतहरु सार्वजनिक गरिसकेका छन् ।
गायक सिडी बिजय अधिकारीको स्वर र संगीतमा गीत बनेको गीतको म्युजिक भिडियो पनि आकर्षक बनाइएको छ । म्युजिक भिडियोमा दिपेन्द्रराज गिरी र सदिक्षा पाण्डेले अभिनय गरेका छन् ।
सिर्जनाबारे सर्जक अधिकारीको भनाईः
गरिब मुलुकका युवाहरू सम्पन्न मुलुकमा रोजगार र अवसरको खोजी गर्दै परदेशिनु पर्ने बाध्यता गर्नु पर्ने अवस्था छ । आफू, परिवार सुखी र खुसी बनाउने सपना लिएर जहाज चढेकाहरू सबै सफल छन्, खुसी छन् भने हैन । धेरै छौं परदेशमा भाषाको अभावमा दुःख पाएकाहरू, आत्मसम्मान गुमाएर, अपमान सहेर काम गरेकाहरू ।
अनि आफ्नै नेपालीबाट ठगिएकाहरू, लुटिएकाहरू पनि छौं । ऋण, भार, दुःखपीडा सहन नसकी आत्महत्या रोज्नेहरू पनि छौ । रोज्न नमिल्ने जस्तो पनि काम गर्नु पर्ने अवस्थामा जोखिम उठाएरै काम गर्दा कहिलेकाहीँ अकस्मात घटना, दुर्घटनामा परी मृत्यसँग सम्झौता गरेका कथा ब्यथाहरू पनि थुप्रै नेपालीको छ । संसारभर रहनु भएका नेपालीको मनका भावनाहरू, विवशताहरू, मृत आत्माका तरङ्गहरू, पीडित परिवारका आँशुहरूको प्रतिनिधित्व गर्ने गरी म्यूजिक भिडियो ल्याएका हौ ।
न देश छोडेर नजाउ भन्न सकिन्छ, न त प्रतिबन्ध नै लगाउन सकिन्छ, किनभने मानिस आफैंमा एक स्वतन्त्र प्राणी हो । तर पनि लामबद्ध बनेर परदेश जाने जुन लहर चलेको छ देशमा यो बिलकुल गलत हो । अप्राकृतिक पनि हो । देशमै धेरैभन्दा धेरैका पाइला अडिने वातावरण बनाउन जरूरी छ ।
यसमा प्रमुख दायित्व राज्यको अनि सबै राजनीतिक पार्टीहरू, नेताहरूले निर्वाह गर्नै पर्छ । विभिन्न बहानामा देश अस्थिर बनाई राख्दा झनझन बढी युवाहरू देश बाहिरिने सम्भावना बढ्छ । हाम्रा धेरै आमा बाबा पियारी, छोरा, छोरीहरूका आखामा आँशु झर्छन् । आफ्नै मातृभूमि प्यारो हो । यहीँ अवसरको खोजी गरौं भन्ने सामाजिक सन्देश यो गीतले दिन खोजेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




