टोकियो/जापान। रक्तिक साँस्कृतिक अभियान जापानको केन्द्रीय समितिको आयोजनामा टोकियोको कामतास्थित  सोलमारी रेष्टुरेन्टमा प्रगतिशील देउसी भैली कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम रक्तिमका सचिव नारारायण ज्ञवालीको अध्क्षता र कोषाअध्यक्ष नवीन बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा उपस्थित दर्शकलाई रक्तिम अभियानका पूर्व अध्यक्ष बर्तमान संरक्षक सचित्र केसीले शब्द द्वारा आम दर्शकलाई स्वागत गर्नु भएको थियो । त्यस्तै रक्तिकका कलाकार द्वारा परदेशी नेपालीको एउटै आवाज भन्ने गीतबाट स्वागत गरिएको थियो ।
जापान नेपाली एकता समाजका कार्यबाहक अध्यक्ष  डण्ड केसीको प्रमुख आथित्व र बिशिष्ट अतिथी एनआरएनए जापानका अध्यक्ष नवीन निउरेको उपस्थिति रहेको थियो ।

देउसी भैली कार्यक्रममा गलकोट  समाज जापानका अध्यक्ष रत्न सिंह बस्नेत,नवलपुर समाजका अध्यक्ष  सुरेश  सापकोटा,गोर्खाली ‘ भ्वाइस प्रदान सम्पादक, विश्वास आचार्य,एनआरएन जापानका  सचिब दिपेश के.सी,जापान नेपाली एकता समाजका सचिव धनराज शर्मा,
केन्द्रीय सदस्य उमेश निउरे ,गोम बुढाथोकी
नेपालबाट जापान भ्रमणमा रहेका  बेलु साहानी , पुतली साहानी
पुनराम गौतम,डिल कुमारी गौतम लगायतका  अथितीको उपस्थिति रहेको थियो ।

पहिलो उपचारिक कार्यक्रम पछी दोश्रो चरणको कार्यक्रम
सचित्र केसीको सञ्चालनमा भएको थियो ।रक्तिम अभियानका कलाकारले नेपालको सस्कृति झल्किने गरी देउसी भैली प्रस्तुत गरेका थिए र साथै जानबादी पूर्व बग्ने सुनकोसी रातो लालटिन झुक्दैन शिर हाम्रो ,सालैजो , श्वरठी पैयौ फुल्दा ,तिहारै आउदा , पन्चे बाजा
म जन्मेर हुर्केको ठाउँमा, ऋणतिरेर फर्कन्छु त्यही गाउँमा
जस्ता दर्जनौ गीत संगीत नृत्यको माध्यमबाट उपस्थित दर्शक हरुलाई कलाकार साथीहरुले नेपालनै सम्झिने गरी प्रस्तुति प्रस्तुत गरेका थिए ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार