टोकियो/जापान। जापानले शुक्रबार विदेशी प्रशिक्षार्थी कार्यक्रमको लागि आफ्नो कायम दिशानिर्देशहरू परिमार्जन गरेको छ। अब,उत्पीडन र दुर्व्यवहार भएमा प्रशिक्षार्थीहरू कामदारहरुले कार्यस्थल परिवर्तन गर्न सक्नेछन्।

यस अघि कायम नियमले प्रशिक्षार्थीहरूलाई पहिलो तीन वर्षको लागि सैद्धान्तिक रूपमा जागिर परिवर्तन गर्न निषेध गरेको थियो। जसले गर्दा कार्यस्थलबाट भाग्ने प्रशिक्षार्थीहरुको संख्या उच्च रहँदै आएका थिए । सन २०२३ मा यसरी कार्यस्थलबाट भाग्ने विदेशी प्रशिक्षार्थी कामदारहरुको संख्या ९ हजार ७ सय ५३ जना रहेका थिए।

यस अघिको दिशानिर्देशहरूले “अपरिहार्य परिस्थितिहरू” हुँदा खेरी मात्रै कार्यस्थलहरू बदल्न अनुमति दिएको थियो भने, नयाँ दिशानिर्देशले विशेष गरी यदि प्रविधिक प्रशिक्षार्थीहरुले दुर्व्यवहार, यौन उत्पीडन वा तिनीहरूको कार्यस्थलहरूमा कानून र नियमहरूको दुर्भावनापूर्ण उल्लङ्घन भएको खण्डमा सहजै स्थानान्तरण गर्न अनुमति दिइन्छ भनेर उल्लेख गरेको छ।

नयाँ दिशानिर्देशले दुर्व्यवहारमा परेका प्रशिक्षार्थीहरूका सहकर्मीहरूलाई स्थानान्तरण गर्न र स्थानीन्तरण हुने प्रशिक्षार्थीहरुलाई नयाँ काम नपाएसम्म जीवनयापन खर्चका लागि प्रति हप्ता २८ घण्टासम्म पार्टटाईम काम गर्ने अनुमति समेत दिनेछ।

प्रशिक्षार्थीका रूपमा नयाँ रोजगारदाता भेट्टाउन नसक्ने र निर्दिष्ट दक्ष कामदार(एसएसडब्लन)भिसामा जान चाहने प्रशिक्षार्थीहरूका लागि पनि विशेष व्यवस्था ल्याइएको छ।

सन् १९९३ देखि सुरु भएको विदेशी प्रशिक्षार्थी कार्यक्रमलाई जापानले सस्तो श्रम आयात गर्ने माध्यमको रूपमा लिएको भन्दै विगत लामो समयदेखि आलोचना हुँदै आएको थियो।

सरकारले अब यो कार्यक्रमलाई सन २०२७ को शुरुवातमा नयाँ प्रणालीको साथ प्रतिस्थापन गर्नेछ जसले,एक कार्यस्थलमा एक वा दुई वर्षको रोजगारी पछि जागिर स्थानान्तरणलाई अनुमति दिनेछ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार