टोकियो/जापान । फुकुओका प्रिफेक्चर तथा ओकिनावा प्रिफेक्चरमा ३ तारिख राति दुई जनालाई मदिरा सेवन गरी साइकल चलाएको शंकामा पक्राउ गरिएको छ। यहि जुन महिनाको १ तारिखदेखि लागू भएको नयाँ नियमले साईकल चलाउनेहरुले समेत मदिरा सेवन गरेको फेला परे कारबाही गर्न सकिने भएको छ। नयाँ जरिवानाबारे सबैलाई सचेत गराउँदै ट्राफिक नियम पालना गर्न र साइकल चलाउन आग्रह गरिरहेको छ ।
प्रहरीका अनुसार ३ तारिख करिब १० बजे फुकुओका शहरको चुओ वार्डमा सडक छेउमा रोकिएको हल्का यात्रुवाहक कारसँग साइकल ठोक्किएको थियो । घटनास्थलमा पुगेका एक प्रहरी अधिकृतले साइकल चलाउने ठेगाना नखुलेका २८ वर्षीय बेरोजगार व्यक्तिबाट रक्सीको दुर्गन्ध आएको देखे र परिक्षण गर्दा उनको श्वासमा मदिराको मात्रा कानुनी सीमाभन्दा झण्डै दोब्बर रहेको पत्ता लागेपछि पक्राउ गरिएको थियो।
यसका साथै, ओकिनावा प्रिफेक्चरको इशिगाकी शहरमा ३ तारिख करिब १० बजे, प्रहरीले,साईकलको बत्ति बिना साइकल चलाउँदै गरेका अर्का एक ४५ वर्षिया व्यक्तिलाई पनि पक्राउ गरेको थियो। ति व्यक्तिले पनि मापदण्डभन्दा धेरै मादक पदार्थ सेवन गरेको प्रहरीले जनाएको छ ।
यहि नोभेम्बर १ देखि लागू भएको संशोधित सडक सवारी ऐन अन्तर्गत मादक पदार्थ सेवन गरी साइकल चलाउनेलाई अब ३ वर्षसम्म कैद वा ५ लाख येनसम्म जरिवाना हुनसक्नेछ। प्रहरीले नयाँ जरिवानाबारे सबैलाई सचेत गराउँदै ट्राफिक नियम पालना गर्न र साइकल चलाउन आग्रह गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




