टोकियो/जापान। गायक तथा सर्जक रुपेश गुरुङको नयाँ मौलिक लोकगीत “मेरो माया” सार्वजनिक भएको छ।

जापानलाई कर्मथलो बनाउँदै गीतसंगितको सिर्जन,गायन तथा प्रकाशनमा लागिरहेका सर्जक तथा गायक रुपेशसहित ६ जना गायक-गायिकाको स्वर रहेको गीत ‘शर्मिला गुरुङ’ युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।

शर्मिला गुरुङको शब्द, लय/संगीतमा तयार भएको गीतमा रुपेश र शर्मिलासँगै सागर गुरुङ, सागर बाजुराली, टीका गुरुङ र भीमकला गुरुङको स्वर गरेको छ । स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निर्देशन गरेको गीतको भिडिओमा रुपेश, शर्मिला, सागर, टीका, भीमकला र साथीहरूको अभिनय रहेको छ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार