यतिबेला जापानमा नेपालीहरुको संख्या दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको छ।विशेषगरी जापानमा वर्किङ्ग भिसा,व्यावसायिक भिसा, पारिवारिक भिसा ,SSW भिसा र अध्ययनको लागि विद्यार्थी भिसा मार्फत नेपालीहरु आउने गर्दछन। पछिल्लो समय विद्यार्थी भिसामा आउने विद्यार्थीहरुले आफ्नो अध्ययन पुरा गरी जापानमै रहेका नेपालीसँग बिहे गर्ने वा नेपालमा गएर बिहे गरि जापनमै लिने पनि गर्दछन।जापनमा विभिन्न भिसामा रहेका व्यक्तिहरुले केहिले जापानमै बच्चा जन्माएका छन भने केहिले नेपालबाट साना बच्चाहरुलाई सँगै लिएर पनि आउने गर्दछन।
जापान विकशित देश भएतापनि युरोपियन देशहरुको तुलनामा यहाँको अध्ययन देखि धेरै कुराहरु नितान्त फरक रहेको पाईन्छ।
जापानको शिक्षा व्यावहारिक रुपमा निकै उत्कृष्ट रहेतापनि विदेशीहरुको हकमा भने केहि कठिन मानिन्छ। विशेषगरी जापानमा धेरैजसो क्षेत्रहरुमा जापानी भाषा मात्रै प्रयोग हुने भएकोले पनि विदेशी नागरिकहरुको लागि निकै कठिन र चुनौती पुर्ण रहेको देखिन्छ ।यसैगरी बालबालिकाहरुको अध्ययनका लागि अङ्रेजी भाषाको माध्यमबाट अध्यापन हुने विद्यालय पाउन मुस्किल हुने पाएपनि मासिक शुल्क निकै महंगो हुने जस्ता विभिन्न समस्याहरुले गर्दा पनि जापानी भाषाको विद्यालयमै पढाउन बाध्य भएका हुन्छन।
जापानमा अधिकांश नेपालीहरुमा भिसाको समस्याले गर्दा कतै नेपाल फर्किनु पर्ने त होइन भन्ने डर र शंका उत्पन्न भएको हुन्छ त्यसैले गर्दा पनि बालबालिकाहरुको भविष्य नै अलमलमा पर्ने होकि होइन भन्ने सोच आएको हुन्छ।कुनै कारणबस भिसामा समस्या आएमा वा दीर्घकालिन स्वास्थ्य समस्या देखा परि तुरुन्त नेपाल फर्किनु पर्ने अबस्था आएमा जापानको बातवरणमा हुर्किदैं गरेका बालबच्चाहरुलाई फेरि नेपालमा गएर नेपालकै शिक्षा , स्वास्थ्य, दैनिकी जीवनस्तर लगायत अन्य कुराहरुमा सहजै घुलमिल बनाउन नसकिने होकी भन्ने कुराको दोधारेपन धेरै जसो अभिभावकहरुमा रहेको देखिन्छ।
पछिल्लो समय कामदार भिसामा नेपाली रेस्टुरेण्टमा कार्यरत केहि व्यक्तिहरुले आफ्ना सन्तानलाई नेपालमा कक्षा १२ सम्म पढाएर जापान लिई काम मात्रै पनि गराएका छन भने केहिले जापनकै दाईगाकु तथा सेनमोन गाक्को पनि पढाएका छन। भर्खर १८/१९ वर्ष पुगेका बालबच्चाहरुलाई काम मात्रै भन्दा पनि उनिहरुको उमेर र इच्छा अनुसार कुनै क्षेत्रमा योग्य र अब्बल बनाउन सकियो भने भविष्यमा जापानमै पनि आफ्नो जीवनशैलीलाई सहजताका साथ अगाडी लिएर जान सक्दछन।
त्यसैले जापानमा रहेका अभिभावकहरुले पैसा भन्दा पनि छोराछोरीहरुको भविष्यलाई विशेष ध्यान दिन जरुरी देखिन्छ।
जापानको महँगी, व्यस्त जीवन , एकल परिवार लगाएत अन्य धेरै कुराहरुले गर्दा पनि जापानमा बच्चा जन्माएर हुर्काउनको लागि निकै कठिन छ तर जापान सरकारले काम गर्ने समय मिलोस भनेर नै ६ महिना माथिका बच्चाहरुलाई आम्दानी अनुसारको केहि निश्चित रकम तिरेर हप्ताको ६ दिन बिहान ८ बजे देखि साझ ४ बजे सम्म ( थप शुल्क तिरेमा साझ ७ बजेसम्म) बच्चा हेर्दिने र स्याहार सुसार गर्दिने व्यवस्था पनि गरेको छ साथै महिनाको १५ हजार पनि बालबालिका भत्ता स्वरुप दिने गरेको छ।
जापानमा रहेका अभिभावकहरुले आफ्ना बालबच्चाहरुको भविष्य दीर्घकालिन रुपमा सुरक्षित तरिकाले अगाडी बढाउन र भिसा सहजताको लागि एज्युई भिसा (Permanent Resident स्थायी वासिन्दा )प्राप्त गर्न सक्ने हो भने जापान बसाई केहि हदसम्म भएनि सुरक्षित भएको हुन्छ। अभिभावकहरुको लामोसमय सम्म जापानमै बस्ने योजना छ भने बालबच्चाहरुको भविष्यको निम्ति त्यति धेरै चिन्तित हुनु पर्दैन तर उनिहरुलाई अङ्रेजी माध्यमको कक्षा, नेपाली भाषा बारे ज्ञान, नेपाली रहनसहन, चालचलन रितिरिवाज चाडपर्वहरुबारे भने उनिहरुलाई सिकाईरहनु पर्दछ साथै समय समयमा नेपाल लैजाने पारिवारिक भेटघाट ,नेपालका विभिन्न धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुमा पनि घुमफिर गराउने गर्नुपर्दछ।पछिल्लो समय नेपालको बिग्रदो आर्थिक तथा राजनीतिक अबस्थाले गर्दा नेपालमा उच्च माध्यमिक तहको शिक्षा अध्ययन गरी थप अध्ययनको लागि विदेश नै जाने गरेको पनि देखिन्छ त्यसैले जापानको अध्ययनसँगै अङ्रेजी भाषालाई पनि प्राथमिकता दिई जापानबाट अन्य देशमा पनि रोजगार तथा अध्ययनको लागि जान सहज हुने गर्दछ। विश्वका विभिन्न मुलुकहरु मध्ये जापान पनि यहाँका नागरिकहरुको इमानदारिता र लगनशिलता साथै अन्य क्षेत्रमा पनि उत्कृष्ट रहि विश्वमा छुट्टै किसिमको छवि बनाएको देश हो त्यसैले जापानमै बालबच्चाहरुलाई हुर्काएर अघि बढाउदा पनि फरक पर्दैन तर उनिहरुलाई हामीले घरमा कस्तो किसिमको शिक्षा र संस्कार दिइन्छ भन्ने कुरामा भर पनि पर्दछ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




